News Portal

मोरङको रंगेली नगरपालिका भित्रका ४ वटा वडाहरु पुर्ण रुपमा सिल

हिमालीसंचार संवाददाता
३४२ पटक

रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछी रंगेली नगरपालिकाले ४ वटा आफ्ना वडाहरु पूर्ण रुपमा शिल गरेको छ ।

कोरोना व्यवस्थापन केन्द्र र कार्यपालिकाको बैठकले संयुक्त रुपमा कोरोना प्रभावित वडाहरु पुर्ण रुपमा सिल दुध र औषधी सेवा बाहेकका सबै बजार बन्द गरेको हो ।  बैठकले जेष्ठ ३ गते देखि ११ गतेसम्मका लागि रंगेली नगरपालिका भित्रका ९ वटै वडामा स्वास्थ्य सेवा र दुघ विक्री वितरण गर्ने बाहेक अन्य सबै सेवा बन्द गरेको छ । 

कोरोना संक्रमण देखिएका वडा नं. ४, ५, ६ र ७ मा पुर्ण रुपमा वडा सिल गरिएको हो । सिसिएमसिको बैठकले पुर्व भेडुवा थान, पश्चिम चेका पुल, उत्तरमा बक्राह खोला र दक्षिणमा भारतीय सिमा क्षेत्रलाई पुर्ण निषेधित क्षेत्र धोषणा गरेको छ । अहिले रंगेली बजार क्षेत्रमा प्रवेश गर्ने सबै नाकामा प्रहरीको बाक्लो उपस्थिति समेत रहेको छ । 

रंगेली नगरपालिका वडा नम्बर ५  का एक पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएपछि नगरले थप कडाई गरेको हो। कोरोना महामारीको दोस्रो लहरमा रंगेली नगर भित्र अहिलेसम्म दुई  जना पुरुषको मृत्यु भइ सकेको छ । रंगेली नगरपालिका वडा नं. ५ बस्ने ४७ बर्षीय  पुरुषको मृत्यु भएपछि नगरमा थप सुरक्षा व्याबस्था कडाई गरेको हो । बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएकाले उनलाई थप उपचारका लागि विराट मेडिकल कलेजमा उपचार भई रहेको थियो।

उनको उपचारका क्रममा मृत्यु भइ सकेको छ। रंगेली-७ का ५० बर्षीय एक अर्को पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको थियो। यो संगै रंगेली नगरपालिकामा २ जना पुरुषको मृत्यु भइ सकेको छ ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...