News Portal

कोलोराडोको बर्थ-डे पार्टीमा गोली चल्यो, ६ जनाको हत्या

हिमालीसंचार संवाददाता
५०५ पटक

एजेन्सी – अमेरिकाको कोलोराडोमा भएको एक जन्मोत्सव (बर्थडे पार्टी) मा गोलीबारी हुँदा ६ जनाको मृत्यु भएको छ। कोलोरोडोका अधिकारीहरूले बताएअनुसार बन्दुकधारीलाई जन्मोत्सवमा नबोलाएको रिसमा ६ जनाको हत्या गरिएको बिबिसीले जनाएको छ। २८ वर्षीय टिओडोरो मासियासले आफ्नी २८ वर्षीया प्रेमिका स्यान्ड्रा इबार्रा पेरेज र उनका पाँच आफन्तको गोली हानेर हत्या गरेका हुन्। आफ्नी प्रेमिकासहित ६ जनाको हत्या गरेपछि मासियासले आफैंमाथि पनि गोली चलाएका थिए।

प्रहरीका अनुसार स्यान्ड्राका मृतक आफन्तहरू ३० वर्षीय मेल्भिन पेरेज, ५३ वर्षीय जोआना क्रुज, २१ वर्षीय जोस गुटाइरेज, ३२ वर्षीय मेरा पेरेज र जोस इबार्रा हुन्। यो घटना कोलोराडोस्थित क्यान्टरबरी मोबाइल होमपार्कमा गत आइतबार भएको हो। पार्टीमा आएका तीन जना आफन्तमध्ये दुई जना मारिएका थिए। प्रहरीका अनुसार बन्दुकधारी व्यक्ति र मृतकको परिवारबीच एक हप्ताअघि विवाद भएको थियो । कोलोराडो प्रहरी प्रमुख भिन्स निस्कीले मंगलबार पत्रकार सम्मेलन गर्दै भने, ‘ती पुरूषलाई पारिवारिक जमघटमा बोलाइएन, त्यसपछि उनले गोली हाने।’

मासियास इबार्रा पेरेजसँग एक वर्षदेखि सम्बन्धमा थिए। उनको कुनै आपराधिक पृष्ठभूमि पनि नरहेको प्रहरीले जनाएको छ। पार्टीमै सहभागी तीन जना बाच्चाहरू छिमेकमा सामान लिन निस्किएका थिए। तर उनीहरू फर्किँदा घटना भइसकेको थियो। दुई, पाँच र ११ वर्षीय बालकहरू बच्न सफल भएका थिए। प्रहरीका अनुसार उनीहरूलाई कुनै चोट लागेको छैन। प्रहरीले घटनास्थलबाट १७ वटा गोलीका खोल बरामद गरेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...