News Portal

कतारमा नेपालीहरुले गरे रक्तदान

हिमालीसंचार संवाददाता
३३९ पटक

कतार – कतारको सरकारी अस्पताल हमदको रक्त संकलन केन्द्र परिसरमा नेपाली समुदायले रक्तदान गरेका छन्। नेपाली राजदूतावासका द्वितीय सचिव प्रवीण भट्टराईको विशेष उपस्थितिमा नेपाली रक्तदाता संघ कतारले रक्तदान कार्यक्रम आयोजना गरेको हो।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको कतारस्थित भगिनी संस्थाको संयोजन र विभिन्न सामाजिक संघसंस्थाको संयुक्त आयोजनामा आयोजित रक्तदानमा ६७ जनाले रक्तदान गरेका छन्। कोरोनाका महामारीकाबीच सम्पन्न कार्यक्रममा दूतावासका कर्मचारी भट्टराईले रक्तदान पुण्यको कार्य भएको बताए।

उनले नेपाली रक्तदाता संघ कतारले उदाहरणीय काम गरेको बताए। नेपाली रक्तदाता संघ कतारका अध्यक्ष तेज कटुवालले विषम परिस्थितिमा उल्लेख्य उपस्थिति रहेको बताए। अस्पतालका तर्फबाट सबै रक्तदाताहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...