News Portal

इतिहासलाई प्रश्न

हिमालीसंचार संवाददाता
४८९ पटक

म चिसा चुलाहरूमा
अँध्याराका मझेरीसंग
मन नलगाई – नलगाई
महाराजपुरको चिरपट बालीरहेछु,
दावा लागेका भोका पेटहरूमा
एक मुठी चारो भर्ने सपनासंगै
अशान्त मनको सरोवरमा
उध्रेका डोबहरू टालीरहेछु …….

कुरुक्षेत्र हो जिन्दगी, महाभारत हो जिन्दगी
संघर्षका लागि पुर्पुराहरू फुटाउनै पर्छ
परिश्रमका खातिर पसिनाका दानाहरू जुटाउनै पर्छ,
कृष्णले त आफ्ना लागि नियम तोड्न भ्याउँछन् भने
दोर्णाचार्यले एकलब्यको औंला छिनाउन सक्छन् भने,
हामी त त्यही महाभारतका पछेवा हौ
त्यही इतिहासका बचेरा हौ,
उनीहरुले छोडेका बाटाहरूमा पाइला बढाउनै पर्छ
त्यसैले नि:सन्देह पछ्याइरहेछु त्यही इतिहासलाई
एउटा जवाफको खोजीमा
एउटा पर्खाइको खोजीमा……..

जहाँ साहिँली र माहिँलीहरु
भान्टाङ- भुन्टुङको आङ्गको गरीबी मेटन
पेटका दावाहरू मेटन
समयसंगै परिश्रमको खोजीमा जिन्दगी दुखाइरहेछन्,
गरीबी-दरिद्रताको पगरी गुथिएको मन बिझाउँदै
निरस किलकिले सुकाइरहेछन्,
जहाँ आफ्नो भोक मेटनलाई
अरुको पेट निचोर्नु पर्ने विवशता छ,
आफ्नो शानको लागि
निहत्था छातीहरू ठटाउनु पर्ने जोखीमता छ,
त्यसैले त्रासदी र रित्ता मनहरूबाट
म इतिहासलाई प्रश्न गर्छु……..

मान्छे म त, मान्छे नै भै बाँच्न चाहान्छु
सुकोस् किलकिले, छाती ठोकेर हाँस्न चाहान्छु,
किनकी काँडाको बगैंचामा सुत्दा-सुत्दा
मैले धेरै च्वास्स चुस्सहरु खपीसकेको छु,
जीन्दगी दुखेका वस्तीहरू नापीसकेको छु,
त्यसैले एकलब्यका सिर्जनशील औंलाहरू
कुनै दोर्णाचार्यहरूद्वारा नकाटिऊन्‍,
साहिँली-माहिँलीका जीवन वेदनाहरु
इतिहास बनेरै नलेखिऊन्,
काँडाका बारलाई भत्काएर अघि बढ्ने साहस बोकि
भोका- नाङगाहरूको आँशु र पीडा रोकि
फेरि इतिहासलाइ प्रश्न गर्छु……..

तिमी इतिहास मात्र हौ भने
इतिहास बनेरै पखेटा फट्फटाइदेऊ,
सिङ्गो वस्तीबाट म प्वाँख भएर उँडिदिने छु,
वर्तमानका परिश्रमका थोपाहरु सँगाली
रीत्ता अनि भोका पेटहरू उठाइदिने छु
अनि, पक्कै पनि चिसा चुलाहरूमा
महाराजपुरका चिरपटहरू निरन्तर बलीरहनेछन्,
दावा लागेका पेटहरू भरिनेछन्,
र किलकिलेहरु भिज्नेछन्,
जहाँ, तिमि इतिहास मात्र भएर उड्नेछौ
साथमा म तिम्रो बुँई चढेर
उजाडीएका मानव वस्तीको वर्तमान नियाल्न
उड्नेछु,लम्कनेछु निरन्तर
एउटा परिवर्तनको लेखाजोखा गर्न……..

रामकृष्ण देवकोटा
– काठमाडौँ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...