News Portal

भेरी अस्पतालमा कोरोना वार्ड भरिएपछि संक्रमित घरमै आइसोलेसन

हिमालीसंचार संवाददाता
४३६ पटक

बाँके — भेरी अस्पताल नेपालगन्जको कोरोना वार्ड भरिएपछि संक्रमण पुष्टि भएका थप बिरामीलाई होम आइसोलेसनमा राखिएको छ। अस्पतालमा रहेका सबै बिरामीलाई अक्सिजन दिनुपर्ने भएकाले बेड खाली छैनन्। अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा बुधबार २ सय २३ जनामध्ये ७५ जनामा संक्रमण पुष्टि भएको थियो। उनीहरूलाई घरमा बस्न सुझाव दिइएको छ। अस्पतालका निमित्त प्रमुख डा.खगेन्द्र शाहले बेड भरिएकाले नयाँ बिरामी भर्ना गर्न नसकिएको बताए।

अस्पतालका फिजिसियन डा. संकेतकुमार रिसालले भीडभाडमा अझ कोरोनाको संक्रमण फैलिने खतरा रहेको चेतावनी दिए। ‘बढी भीड हुने स्थानलाई व्यवस्थित राख्नुपर्छ। होइन भने अझै कोरोनाको महामारी फैलिने खतरा छ,’ उनले भने । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहले भेरी अस्पतालको बेड भरिएपछि नयाँ संक्रमण देखिएका व्यक्तिलाई होम आइसोलेसनमा बसाइएको बताए।

‘भेरी अस्पतालबाहेक कोरोना वार्डहरू बन्द गरिएका छन्। त्यसैले अहिले समस्या देखिएको हो,’ उनले भने, ‘यसअघि कोरोना विशेष अस्पताल बनाइएको शिक्षण अस्पताल नेपालगन्जले पनि वार्ड राखेको छैन।’ बाँकेमा कोरोनाको महामारी तीव्र रूपमा फैलिन थालेपछि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आकस्मिक बैठकले नेपाल–भारत सीमामा कडाइ गर्नेलगायतका निर्णय गरेको छ।

बिरामीका लागि शिक्षण अस्पताललाई पनि कोभिड वार्ड बनाउन र पालिकाले सञ्चालन गरी बन्द गरेका आइसोलेसन सेन्टर पुनः सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरिएको छ। बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको बैठकले मास्क नलगाउने व्यक्तिलाई शुक्रबारदेखि कारबाही गर्ने निर्णय गरिएको छ। भीडभाड हुन नदिन, स्वास्थ्य मापदण्ड पूरा गराउन प्रहरीलाई जिम्मा दिइएको छ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...