News Portal

  • करोडौँ रकम ठगेर फरार एनआरएनएका कोषाध्यक्षको घरजग्गा रोक्का गर्न सरकारसँग माग

    हिमालीसंचार संवाददाता
    ४१७ पटक

    पोर्चुगल – अवैतनिक महावाणिज्यदूत मकर हमालको संयोजकत्वमा भएको सर्वपक्षीय भेलाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) पोर्चुगलका निलम्बित कोषाध्यक्ष विक्रमजङ्ग कुँवरको घर जग्गा रोक्का गराउन नेपाल सरकार, परराष्ट्र मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरेको छ।

    कुँवरले पोर्चुगलमा सञ्चालन गर्दै आएको लक्ष्मी ट्राभलले ११ नेपाली समुदायको हवाई टिकट नक्कली बनाएको भन्ने समाचार बाहिर आएपछि पोर्चुगलस्थित अवैतनिक महावाणिज्यदूत र फ्रान्सस्थित नेपाली राजदुतावासमा गुनासो गर्नेको सङ्ख्या बढेको छ। अहिलेसम्म १५० जनाभन्दा बढी पीडित आफ्नो नक्कली हवाई टिकट र नक्कली रसिदसहित सम्पर्कमा आएको एनआरएनएले जनाएको छ।

    बुधबार भएको सर्वपक्षीय भेलाले सामाजिक संस्थाको पदमा बसेका व्यक्तिले यति ठूलो बदमासी गर्नु निकै दुःखद भएको ठहर गरेको छ। साथै पोर्चुगल प्रहरीमा कुँवरविरुद्ध उजुरी दिइसकेको सन्दर्भमा अब बाँकी मुद्दा काउन्सिलरको कार्यालयले जिम्मेवारी लिएर पहलकदमी गरिदिने अवैतनिक महावाणिज्यदूत हमालले बताए।

    सञ्चालक कुँवर भने अहिले फरार छन्। नेपाली समुदायलाई ठगेको सूचना सार्वजनिक भएलगत्तै पोर्चुगलका नेपाली सामाजिक सङ्घसंस्थाले विरोध गरेका थिए। उनीहरूले आरोपित पीडकलाई कारवाही गर्न र पीडितलाई न्याय दिन एनआरएनए पोर्चुगल, अवैतनिक महावाणिज्यदूत तथा नेपाली राजदूतावास फ्रान्सको ध्यानाकर्षण गर्दै विज्ञप्ति निकालेका थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सर्वोच्चमा सुशीला कार्कीको नियुक्ति असंवैधानिक रिटको सुनुवाइ हुने

    काठमाडौं, कार्तिक १९ – पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति असंवैधानिक भएको भन्दै दायर रिट...

    किसान श्रेष्ठ : पद होइन, एमालेमा सम्मानजनक व्यवहार चाहिन्छ

    काठमाडौं, कार्तिक १९ – नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफू र आफ्ना सहकर्मीहरू कुनै...

    एसवाई प्यानलको आईपीओ सर्वसाधारणका लागि खुला

    काठमाडौं, कात्तिक १९ – एसवाई प्यानल लिमिटेडले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले आफ्नो...

    माओवादी केन्द्र फेरि विभाजित, जनार्दन शर्मा समूह अलगियो

    काठमाडौँ, कार्तिक १९ – माओवादी केन्द्रभित्र फेरि गम्भीर विभाजन भएको छ। पार्टीभित्र नेतृत्व परिवर्तनको माग...

    आज २०८२ साल कार्तिक १९ गतेको राशिफल

    आज कार्तिक १९, २०८२ (नोभेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...