News Portal

सुनकोशी र इन्द्रावती नदिका बगर कब्जा गर्न हानाथाप

हिमाली संचार संवाददाता
६५४ पटक

दिनेश थापा
सिन्धुपाल्चोक – जिल्ला समन्वय समितिले सुनकोशी, इन्द्रावती लगायतका नदी क्षेत्रबाट उत्खनन खुला गरेसँगै बगर कब्जा गर्ने होडबाजी नै चलेको छ । असारदेखि रोक लगाइएको नदीजन्य पदार्थ उत्खननलाई स्थानीय सरकार र प्रशासनले  खुला गरेसँगै स्थानीयबासीबीच नदी छेउको बगर कब्जा गर्न होड चलेको हो ।

वर्षायामको तीन महिना सुनकोशी, इन्द्रावती नदी आसपासबाट नदीजन्य पदार्थ निकाल्न रोक लगाइएको थियो । स्थानीय सरकारले असोज ५ गतेबाट उत्खनन् खुला गरेपछि स्थानीयबासीहरु हातमा साबेल बोकेर नदी किनारहरुमा पुगेका छन् ।

कतिपय ठाउँमा झडप समेत भएको छ । सुनकोशी नदीको सुकुटे नजिकै चालिसे बगरमा कसले कुन स्थानमा बालुवा उत्खनन् गर्ने भन्ने विवाद हुँदा चौतारा साँगाचोकगढीको १०, ११ र १२ वडाका स्थानीयबीच झडप भएको थियो । झडपमा दुई जना घाइते भएको बन्देउ प्रहरीले जानकारी दिएको छ ।

१० नम्बर वडाको चालिसे बगरमा ११ र १२ वडाका स्थानीय पनि बालुवा निकाल्न आएपछि झडप भएको प्रहरीले जानकारी दियो ।

‘१० नम्बर वडाको आफ्नै त्यत्रो बगर छ, हामीले ४० वर्षदेखि यो वगरबाट बालुवा निकालेर जिविका चलाउँदै आएका छौं’, ११ नम्बर वडाका मुन्दे माझीले भने, ‘हामी १० को बगरमा पनि जाँदैनौ र ११ मा आए हामी कसैलाई पनि निकाल्न दिँदैनौं ।’

दुई वडाका बीचमा मात्रै होइन, एउटै वडामा पनि कसले कति बगर ओगट्ने भन्ने विवाद हुने गरेको छ । ३ गते रातिदेखि नै सुनकोशी नदीको छेउमा रहेको चालिसे बगरमा आएर सयौं स्थानीयलेे बगर कब्जा गरेका थिए ।

‘हामीले आफ्नो भनेर घेरा लगाएका थियौं । भोलिपल्ट आउँदा अरुले नै बालुवा निकाल्न लागेपछि भनाभन भएको हो’, १० नम्बर वडाकी मैना नेपालीले बताइन् ।

अन्यत्रबाट पनि सुनकोशी र इन्द्रावती नदी किनारमा आएर नदीजन्य पदार्थ निकालिरहेका छन् । स्थानीयले विरोध गर्दा बगर सबैको साझा भएको तर्क गर्ने गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुुख कृृष्णगोपाल तामाङले भने सामाजिक संरचना र निजी आवास निर्माणमा सहजता ल्याउन उत्खनन् खुला गरिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...