News Portal

  • मान बहादुर फगामी म्याग्दी प्रवासी नेपाली संघ (मोना)कुवेतको अध्यक्षमा  चयन

    हिमालीसंचार संवाददाता
    २७५ पटक

    कुवेत – म्याग्दी प्रवासी नेपाली संघ (मोना)कुवेतको अध्यक्षमा  मान बहादुर फगामी चयन भएका छन। भर्चुअल प्रबिधि मार्फत सम्पन्न राष्ट्रिय कार्यकारी समिति कुवेतको दोस्रो अधिबेशन साथै बार्षिक उत्सवले  मान बहादुर फगामीलाई आगामी दुई बर्षे कार्यकालको लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको हो।

    जसको महिला उपाध्यक्षमा आशा बस्याल ,बरिष्ठ उपाध्यक्ष दिपक छन्त्याल ,उपाध्यक्ष नन्द बहादुर बरुवाल ,तुल बहादुर पुन,महासचिव- चन्द्र बिस्वकर्मा,सचिव तेजिन श्रेष्ठ,सह-सचिव झलक बिश्वकर्मा,कोषाध्यक्ष कृष्ण प्रशाद खड़का,सह-कोषाध्यक्ष लोकेन्द्र फगामी रहेका छ्न। सदस्यहरुमा अर्जुन शाही, खेम परिवार, निर्मला पुन, बाबुराम गौतम, जस घताने, अर्जुन चोखाल, गम बहादुर राम्जाली प्रेम घर्तिमिरे, बल बहादुर बिश्वकर्मा रहेका छन मोना कुवेतका निवर्तमान अध्यक्ष श्री प्रेम बहादुर बिश्वकर्माको सभापतित्वमा सम्पन्न उक्त  कार्यक्रमका  प्रमुख अतिथि मोना आइ इ सीका अध्यक्ष श्री ओम नारयण जुग्जाली तथा  विशेष अतिथि मोना मध्य पूर्व क्षेत्रिय उप संयोजक सुवोध बरूवालले भर्चुअल मार्फत शुभकामना मन्तव्य राखेका थिए।

    बरिष्ठ उपाध्यक्ष श्री दिपक छन्त्यालको स्वागत मन्तव्य तथा संस्थाका कोषाध्यक्ष कृष्ण प्रसाद खड्काबाट संस्थाको पहिलो कार्यकाल २०१९ – २०२१को आर्थिक प्रतिबेदन प्रस्तुत गरिएको थियो भने कार्यक्रम संन्चालन सहसचिब तेजिन श्रेष्ठले गरेका थिए । संस्था स्थापनाको छोटो समयमै देश तथा बिदेशमा रहेका पिडितहरूलाई सहयोग गर्दै मोना कुवेतले कुवेतबाट निकै उदाहरणीय कार्यहरू गर्दै आएको छ। अधिबेशन समारोहमा निर्वाचन प्रमुख तिलक भण्डारीले १९ सदस्यीय नयाँ  कार्यसमिति घोषणा गरे । अन्त्यमा कार्यक्रमको समापन गर्दै सभापति प्रेम बहादुर बिश्वकर्माले कार्यक्रम भब्य र सभ्य रुपमा सफल पार्न उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, साथै सम्पूर्ण उपस्थित नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दै नयाँ कार्य समतिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...