News Portal

पत्रकार महासंघ कुवेतको अध्यक्षमा नवराज पन्थी

हिमालीसंचार संवाददाता
३३६ पटक

कुवेत -कोरोनाको कारणले रोकिएको नेपाल पत्रकार महासंघ कुवेत शाखाको अधिवेशन भर्चुअल प्रवृत्तिबाट सम्पन्न भएको छ ।तेश्रो अधिवेशनबाट नेपाल पत्रकार महासंघ कुवेत शाखाको अध्यक्षमा नवराज पन्थी निर्विरोध चयन भएका छन् ।
यसैगरी उपाध्यक्षमा एकराज मल्ल, सचिवमा चन्द्र गोतामे, सहसचिवमा हरि बानियाँ, कोषाध्यक्षमा मनोज थापा निर्विरोध चयन भएका छन् ।त्यस्तै विजय लामा, विजय धामी, प्रेम कुमार याख्या, सुरेश गुरुङ, र आकाश शेर्पा महासंघको कार्यकारी सदस्यमा चयन भएका छन् ।

निवर्तमान अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्वमा सम्पन्न अधिवेशनमा कुवेतका लागि नेपाली राजदुत प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष सुजन केसी, प्रवासी नेपाली पत्रकार संजाल नेपालका दामोदर नेपाल, श्रम रोजगार पत्रकार समुहका अध्यक्ष सुनिल न्यौपाने, बरिष्ठ पत्रकार भागीरथ योगी, नेपाल-अमेरिका पत्रकार संघका पुर्वअध्यक्ष आङ छिरिङ शेर्पा र नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समिति सचिवालय भुपराज बस्याल बिशेष अतिथि रहेका थिए भने कतार, युएई, जापान दक्षिण कोरिया, युरोप, युके, अस्ट्रेलिया, बेल्जियम, भारत पोर्चुगल शाखाका अध्यक्ष तथा प्रतिनिधि अतिथि रहेका थिए ।

आनन्द आचार्यद्धारा संचालित कार्यक्रममा नवराज पन्थीले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा नवराज आचार्यले पत्रकार महासंघ कुवेत शाखाको बिगतका गतिविधि प्रस्तुत गरेका थिए ।नवनिर्वाचित पदाधिकारीलाई प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरुले सफल कार्यकालको शुभकामना दिँदै मन्तब्य दिएका थिए ।

निर्वाचन समितीमा जय आलेको संयोजकत्वमा झापाली समाज कुवेतका अध्यक्ष र एनआरएन कुवेतका महासचिव दिलकुमार पाख्रीन गरी तीन सदस्यीय निर्वाचन समितीले निर्वाचित उम्मेदवारीहरुको नामवली घोषणा गरेका थिए।

आज शनिबारका  दिन पुरानाे कार्यसमितिका अध्यक्ष हरिकृष्ण न्यौपाने र सचिव आनन्द आचार्यले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराउँदै पुराना कार्यसमितिमा कागजात तथा हिसाब किताब हस्तान्तरण कार्यक्रम भयाे।

 

 

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...