News Portal

पत्रकार महासंघ कुवेतको अध्यक्षमा नवराज पन्थी

हिमालीसंचार संवाददाता
३८९ पटक

कुवेत -कोरोनाको कारणले रोकिएको नेपाल पत्रकार महासंघ कुवेत शाखाको अधिवेशन भर्चुअल प्रवृत्तिबाट सम्पन्न भएको छ ।तेश्रो अधिवेशनबाट नेपाल पत्रकार महासंघ कुवेत शाखाको अध्यक्षमा नवराज पन्थी निर्विरोध चयन भएका छन् ।
यसैगरी उपाध्यक्षमा एकराज मल्ल, सचिवमा चन्द्र गोतामे, सहसचिवमा हरि बानियाँ, कोषाध्यक्षमा मनोज थापा निर्विरोध चयन भएका छन् ।त्यस्तै विजय लामा, विजय धामी, प्रेम कुमार याख्या, सुरेश गुरुङ, र आकाश शेर्पा महासंघको कार्यकारी सदस्यमा चयन भएका छन् ।

निवर्तमान अध्यक्ष हरिकृष्ण न्यौपानेको सभापतित्वमा सम्पन्न अधिवेशनमा कुवेतका लागि नेपाली राजदुत प्रमुख अतिथि रहेका थिए ।
कार्यक्रममा एनआरएनए एनसीसी कुवेतका अध्यक्ष सुजन केसी, प्रवासी नेपाली पत्रकार संजाल नेपालका दामोदर नेपाल, श्रम रोजगार पत्रकार समुहका अध्यक्ष सुनिल न्यौपाने, बरिष्ठ पत्रकार भागीरथ योगी, नेपाल-अमेरिका पत्रकार संघका पुर्वअध्यक्ष आङ छिरिङ शेर्पा र नेपाल पत्रकार महासंघ अन्तर्राष्ट्रिय सम्बन्ध समिति सचिवालय भुपराज बस्याल बिशेष अतिथि रहेका थिए भने कतार, युएई, जापान दक्षिण कोरिया, युरोप, युके, अस्ट्रेलिया, बेल्जियम, भारत पोर्चुगल शाखाका अध्यक्ष तथा प्रतिनिधि अतिथि रहेका थिए ।

आनन्द आचार्यद्धारा संचालित कार्यक्रममा नवराज पन्थीले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा नवराज आचार्यले पत्रकार महासंघ कुवेत शाखाको बिगतका गतिविधि प्रस्तुत गरेका थिए ।नवनिर्वाचित पदाधिकारीलाई प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरुले सफल कार्यकालको शुभकामना दिँदै मन्तब्य दिएका थिए ।

निर्वाचन समितीमा जय आलेको संयोजकत्वमा झापाली समाज कुवेतका अध्यक्ष र एनआरएन कुवेतका महासचिव दिलकुमार पाख्रीन गरी तीन सदस्यीय निर्वाचन समितीले निर्वाचित उम्मेदवारीहरुको नामवली घोषणा गरेका थिए।

आज शनिबारका  दिन पुरानाे कार्यसमितिका अध्यक्ष हरिकृष्ण न्यौपाने र सचिव आनन्द आचार्यले नयाँ कार्यसमितिलाई सपथ ग्रहण गराउँदै पुराना कार्यसमितिमा कागजात तथा हिसाब किताब हस्तान्तरण कार्यक्रम भयाे।

 

 

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...