News Portal

मुलुकको राजनीति अस्थिरता तर्फ उन्मुख नेता -रवि प्रकाश राई(भिडियो सहित)

हिमालीसंचार संवाददाता
४२३ पटक

खोटाङ -नेपाली कांग्रेसका युवा नेता रबि प्रकाश राईले कांग्रेसले सरकारको नेतृत्व गर्न सक्यो भने मात्र मुलुकले निकास पाउने बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति संखुवासभाद्वारा आयोजित ‘वर्तमान राजनीति र नेपाली कांग्रेस’ विषयक अन्तरक्रिया कार्यक्रममा कांग्रेस महासमिति सदस्य समेत रहेका नेता राईले वर्तमान केपी ओली नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको भन्दै अब मुलुकमा कांग्रेसको सरकार आवश्यक रहेको बताए ।

नेता राईले मुलुकको राजनीति अस्थिरता तर्फ उन्मुख भएको बताउदै नेपालका राजनीतिक पार्टीहरु क्रमश कमजोर हुँदै फुटको संघारमा पुगेकाले कांग्रेसले सोच्नु पर्ने बाध्यता र परिस्थीति आएको बताए । नेपाली कांग्रेस संखुवासभाका सभापति दिपेन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेता राईले भने “मुलुकमा कम्युनिष्ट सरकार पूर्णरुपमा असफल भइसकेको छ, त्यसैले अब मुलुकमा कांग्रेसको सरकार आवश्यक छ, कांग्रेस नेतृत्वको सरकारले मात्र मुलुकको वर्तमान राजनीतिक अस्थिरतालाई निकास दिन सक्छ,” । नेपाल, कम्युनिष्ट पार्टीको दर्शनले नभएर कांग्रेसको सिद्धान्त र दर्शन चलेको बताउदै नेता राईले मुलुकमा निर्वाचन आवश्यक रहेको बताए । उनले ढिलो चडो मुलुकमा आम निर्वाचन हुने बताउदै, कांग्रेसले निर्वाचनको तयारी गर्नु पर्ने बताए ।

नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं केन्द्रीय अनुशासन समिति संयोजक भीष्मराज आङ्देम्बेको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा वाल्दै नेता राईले अबको निर्वाचनबाट कांग्रेसले बहुमत लिएर सरकारको नेतृत्व गर्नुपर्नेमा जोड दिए । अर्काे प्रसंगमा वोल्दै नेता राईले कांग्रेसले लोकतान्त्रिक विधि र पद्धतिलाई संस्थागत गरेर चल्न नसकेको स्वीकार्दै कांग्रेसले समाजवादी विचारलाई कार्यान्वयन गर्न वडा स्तरमा गएर गरिब तथा उत्पीडनमा परेका वर्गहरुको वास्तविक सपना के हो भनेर खोजी गर्नु पर्नेमा जोड दिए । कार्यक्रममा निर्माण व्यावसायि समन्वय विभाग केन्द्रीय सदस्य डि.बि.गुरुङ, नेपाली कांग्रेस ओखलढुंगा सभापति प्रदिप सनुवार, नेपाली काङ्ग्रेस धनकुटा कोषध्यक्ष दिनेश राई लगायत संखुवासभा कांग्रेसका वडा,गा.पा.,नगर,क्षेत्र र जिल्लाका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २७ गतेको राशिफल

आज फागुन २७, २०८२ ( मार्च ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...