News Portal

  • एनआरएनए च्याप्टर अमेरिकाको अध्यक्षको जिम्मवारी सम्हालेकी ताराले दिइन् महिला सचिवमा उम्मेद्वारी

    हिमालीसंचार संवाददाता
    ४८३ पटक

    अमेरिका – एनआरएनए अमेरिका आयोवा च्याप्टरकी अध्यक्ष तारा ढकाल मरहट्टाले एनआरएनए अमेरिकाको आसन्न निर्वाचनका लागि महिला सचिव पदमा उम्मेद्वारी घोषणा गरेकी छन। एनआरएनए आयोवा च्याप्टरमा २ बर्ष महिला संयोजक हुंदै बर्तमान एनआरएनए अमेरिकाको एकमात्र महिला अध्यक्षको रुपमा आयोवा च्याप्टरकी अध्यक्ष रहेकी मरहट्टा एनआरएनए मिड्वेस्टको क्षेत्रीय सचिवको रुपमा सामुदायिक सेवामा सकृय छिन्।

    आयोवालाई कर्मक्षेत्र बनाएर सफल महिला ब्यवसायीको रुपमा आफुलाई स्थापित गरेकी मरहट्टा एनआरएनए अमेरिकाको शिकागोमा सम्पन्न साधारण सभामा काखमा आफ्नो बच्चा च्यापेर साधारण सभा सम्पन्न बनाउन रातदिन खटेको चर्चा त्यसताक खुबै प्रशंशित थियो। पारिवारिक जिम्मेवारीका वावबुद महिलालाई सामाजिक सेवामा उत्रिनु सजिलो कहाँं छ र, त्यसमाथी पनि परदेशमा। तर शिक्षित मरहट्टा आफ्नो क्यारियर, परिवार, ब्यवसाय र सामुदायिक सेवालाई ब्यबस्थापन गरेर अघि बढीरहेकी छन।

    जतापनी महिला सहभागीताको नारा ओकल्ने सामुदायिक संस्थाहरुमा महिलाको उपस्थिती ज्यादै न्यून रहने गरेको छ। संस्थाले बाध्यताले खडा गर्ने महिलाको पद बाहेक महिला सहभागीता ज्यादै न्यून रहने गरेको छ। एउटा महिला एनआरएनए च्याप्टर अध्यक्षको रुपमा मरहट्टाको खटाईले एनआरएनए अमेरिकाको यात्रामा ढकाललाई रुचाउने शुभेच्छुकहरुको बलमा आफु महिला सचिव पदमा चुनाव लड्न लागेको बताईन।

    सशक्त महिला उपपस्थिती, गतिशिल समाज, संस्थागत एनआरएनए र समावेशी भूमिका आफ्नो सामाजिक कार्यको प्राथमिकतामा पर्ने बताउंछिन, मरहट्टा। आधा संसार ढाकेको महिला, तिनका समस्या र परदेशमा महिला उत्थानका लागि आफु निरन्तर लागिपर्ने प्रणका साथ एनआरएनएनए अमेरिकाको महिला सचिव पदमा उम्मेद्वारी दिएकी छिन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...

    प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

    काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली...

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...