News Portal

मकाउमा रहेका नेपालीहरुले यसरी व्यक्तिगत बिवरण भरेर नेपाल फर्कन सक्ने

हिमालीसंचार संवाददाता
११९८ पटक

मकाउ – कोरोना भाईरसको कारण हङकङ-मकाउमा श्रमका लागि आउनु भएका नेपाली समुदायमा एकपछि अर्को समस्यामा थप भईरहेको छ। विशेष गरेर मकाउबाट नेपाल जानका लागि सिधा उडान नभएको हुदा नेपाल फर्कन कठिनाई भइरहेका छ। 

मकाउमा नेपाली कन्सुलेट समेत नभएको हुदा मकाउमा श्रम गर्ने नेपाली समुदायका लागि कन्सुलेटसम्म आफ्नो विवरण पठाउनका लागि समेत समस्या छ। नेपाली महावाणिज्यदूतावास हङकङले सूचना राखेको छ। मकाउमा अफ्ठ्यारोमा पर्नु भएको नेपाली समुदायले दुताबासको वेबसाइटमा गएर मकाउबाट व्यक्तिगत विवरण भर्न सक्नु हुनेछ। 

नेपाली महावाणीज्यदूतावास हङकङले जारी गरेको लिंकमा तपाईको विवरण नेपाली महावाणिज्यदूतावास हङकङको कार्यलयमा पठाउन सकिने छ। नेपाली महावाणिज्यदूतावास हङकङको सम्पर्क नम्बर २३६९ ७८१३, वा हटलाइन नं. ९८७९ ५७५० (कार्यालय समय भित्र) आवश्यक सम्पर्क गर्नु सक्नु हुने छ। गैरआवसीय नेपाली संघ मकाउको कार्यालयमा  समेत आवश्यक जानकारी लिन सक्नुहुनेछ।

बिवरण भर्न यहाँ क्लिक गर्नहोस:

नेपाली महावाणिज्यदूतावासद्वारा जारी सुचना

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...

बाध्यात्मक विश्वाशको चक्रब्यूह भित्र देश

कमला थापा २०८२ चैत्र ११ गते, काठमाण्डौ। सम्पन्न निर्वाचनले जनतामा ल्याएको उत्साह दिगो भविष्यको सूचक...

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...