News Portal

काङ्ग्रेसको नेतृत्वमा लोकतन्त्र सुदृढ र संस्थागत बन्नेछ – रविप्रकाश राई

हिमालीसंचार संवाददाता
४४३ पटक

खोटाङ– नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले कम्युनिष्टले लोकतान्त्रिक व्यवस्थालाई ध्वस्त गरेको र अब काङ्ग्रेसले संविधानवादको जगमा टेकेर लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने बताएका छन।

नेपाली काङ्ग्रेस केन्द्रिय अनुशासन समितिका संयोजक भिष्मराज आङ्देम्बेको प्रमुख आतिथ्य र नेपाली काङ्ग्रेस ओखलढुंगाका सभापती प्रदिप सुनुवारको विशेष आतिथ्यमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा युवा नेता राईले सो बताएका हुन।

नेपाली काङ्ग्रेस खोटाङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै युवा नेता राईले कम्युनिष्टसंग जनताले विश्वास गरेर दिएको मत थेग्न सक्ने  क्षमता    नभएको बताएका छन।

युवा नेता राईका अनुसार, कम्युनिष्टलाई जनताले विश्वास गरेर दिएको मतको परिणाम स्वरुप आज देशले यो राजनीतिक संकटको परिस्थिती भोग्नु परेको र राजनीतिक संकट मात्र नभई कम्युनिष्ट सत्ताको फल स्वरुप अर्थतन्त्र ध्वस्त हुनुका साथै लोकतन्त्रले समेत ठूलो मूल्य चुकाउनु पर्ने स्थिती आएको नेता राईले बताएका छन।

साथै युवा नेता राईले, काङ्ग्रेसले चुनाव अगावै भनेको कम्युनिष्टहरु सत्तामा आए भने लोकतन्त्रले मौलाउन नपाउने र देशले विकासको अनुभुती गर्न नसक्ने कुरा आज प्रमाणित भएको बताएका छन।

यो राजनीतिक संकटको विचबाट देशलाई माथी उठाउन र बिग्रिएको अर्थतन्त्रलाई सुधार्न जनताले काङ्ग्रेसको नेतृत्व खोजिरहेको समेत युवा नेता राईले बताए।

साथै नेता राईले कार्यक्रममा उपस्थित कार्यकर्ताहरुलाई, काङ्ग्रेसले उद्घाटन गरेको लोकतान्त्रिक आन्दोलनलाई सफल बनाउन र कम्युनिष्टका कारण निराश जनतामा उत्साह ल्याउन काङ्ग्रेसको नेतृत्व आवश्यक भएकोले तयारी अवस्थामा बस्न अपिल समेत गरेका छन।युवा नेता राई नेपाली काङ्ग्रेसका महासमिती सदस्य समेत हुन।

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...