News Portal

लोकतन्त्र र समाजवादको अनुभुती दिलाउनु पर्ने समय आयाे: रवि प्रकाश राई (भिडियो सहित )

हिमालीसंचार संवाददाता
४७५ पटक

सुनसरी- नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता रवि प्रकाश राईले जनतालाई वास्तविक लोकतन्त्र र समाजवादको अनुभुती दिलाउनु पर्ने समय आएको बताएका छन् । कांग्रेस निकट नेपाल शिक्षक संघ ओखलढुङ्गाको २१ र २२ औं संयुक्त जिल्ला प्रतिनिधि सभालाई सम्बोधन गर्दै नेता राईले आज मुलुकमा व्यप्त नक्कली कम्युनिष्ठ पार्टीहरुले जनतामाझ झुटो आस्वासन मात्र बाढेकाले अब कांग्रेसले जनताको घरदैलोमा पुगेर उनीहरुको वास्तविक समस्या बुझ्नु पर्ने समय आएको बताए ।

नेता राईले मुलुक भित्र राजनितिक अस्थिरता बढ्दै गएकाले राजनितिक पार्टीहरु कमजोर बनेको बताउदै यो समय नेपाली कांग्रेस संवेदनशील बन्नु पर्ने बताए । साथै उनले कांग्रेस फुटको पक्षमा नभइ भावनात्मक एकतामा बाँधिएर जानु पर्नेमा जोड दिदै कांग्रेस व्यवहारिकताको बाटोमा गएर जनताको वास्तविक समस्या समाधान गर्ने तर्फ लाग्नु पर्ने बताए ।

अर्काे प्रसंगमा नेता राईले विद्यालय देश निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्ने पहिलो आधार भएको बताउदै शिक्षकहरुलाई आफ्नो पेशाको महत्वलाई वुझेर राज्यले दिएको आफ्नो दायित्व इमान्दारीताकासाथ पुरा गर्न आग्रह गरे । शिक्षकहरु शिक्षक मात्र नभएर देशको भविष्य निर्माण गर्ने पात्र भएको बताउदै नेता राईले भने ‘दक्ष जनशक्ति उत्पादनमा शिक्षकहरुको महत्वपूर्ण भूमिका रहेको हुन्छ, जुन विषयलाई शिक्षकहरुले कहिल्यै विर्सनु हुन्न।

साथै युवा नेता राई नेपाली कांग्रेसले शिक्षकहरुको महत्व वुझेर उनीहरुलाई दिनु पर्ने सम्मानको विषयमा सम्वेदनशिल वन्नु पर्ने धारणा व्यक्त गरे ।

 

 

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...