News Portal

सामाजिक अभियान्त शरिन तामाङले महिलासँगै बिहे गरिन्

हिमालीसंचार संवाददाता
८६१ पटक

काठमाण्डौ – सामाजिक अभियान्ता शरिन तामाङले एक जना महिलासँग बिहे गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी कार्कीसँग शनिबार बिहे गरेकी हुन् ।

सामाजिक सञ्जालमा समाजसेवीको छबि बनाएकी शरिनले आफूजस्तै महिलासँग बिहे गरेको खबरले उनका फ्यानहरु चकित भएका छन् ।  सरिनले निकट रहेकी समाजसेवी जुनु पुनले शरिन र देवीले बिहे गरेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

शरिनको एक छोरा र एक छोरी छन् भने देवीको एक छोरी छन् । तर, दुवै जनाको श्रीमानसँग पहिल्यै डिभोर्स भइसकेको जुनु पुनले बताइन् ।  शरिन र देवीको बिहेमा जुनु पुनलाई पनि बोलाइएको थियो । ‘मलाई पनि बोलाइएको थियो, म त रक्सी लगेर जानुपर्ने थियो,’ जुनुले भनिन्, ‘तर सन्चो नभएर जान सकिनँ ।’

धरान माइती भएकी शरिन इजराइलमा बस्दै आएकी थिइन् । उनले बेलाबेला सामाजिक विषयमा फेसबुक लाइभमा आएर आफ्नो भनाइ राख्ने गरेकी थिइन् भने समस्यामा परेकाहरुलाई आर्थिक सहयोज जुटाउने काम समेत गर्दै आएकी थिइन् ।

जुनु पुनका अनुसार उनी एक वर्षदेखि नेपाल आएर काठमाडौंमा बस्न थालेकी हुन् । उनको छोरी जर्मनीमा छिन् भने छोरा आफूसँगै छन् । देवीकी छोरी पनि उनीसँगै छिन् । समलिंगी बिहेलाई देवीकी आमाबाबाले सहर्ष स्वीकार गरेका छन् । उनका आमाबाबाले खुसीसाथ बिहेको आशिर्वाद दिएको जुनु पुनको भनाइ छ ।

जुनुका अनुसार उनीहरु दुवै जना अहिलेसम्म महिलाको रुपमा भूमिका निर्वाह गरेर छोराछोरी, घरपरिवार समेत बनाए पनि हालमात्र दुवैले समाजमा हिम्मत गरेर उत्रिएका हुन् । 

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...