News Portal

सामाजिक अभियान्त शरिन तामाङले महिलासँगै बिहे गरिन्

हिमालीसंचार संवाददाता
८२४ पटक

काठमाण्डौ – सामाजिक अभियान्ता शरिन तामाङले एक जना महिलासँग बिहे गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी कार्कीसँग शनिबार बिहे गरेकी हुन् ।

सामाजिक सञ्जालमा समाजसेवीको छबि बनाएकी शरिनले आफूजस्तै महिलासँग बिहे गरेको खबरले उनका फ्यानहरु चकित भएका छन् ।  सरिनले निकट रहेकी समाजसेवी जुनु पुनले शरिन र देवीले बिहे गरेको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।

शरिनको एक छोरा र एक छोरी छन् भने देवीको एक छोरी छन् । तर, दुवै जनाको श्रीमानसँग पहिल्यै डिभोर्स भइसकेको जुनु पुनले बताइन् ।  शरिन र देवीको बिहेमा जुनु पुनलाई पनि बोलाइएको थियो । ‘मलाई पनि बोलाइएको थियो, म त रक्सी लगेर जानुपर्ने थियो,’ जुनुले भनिन्, ‘तर सन्चो नभएर जान सकिनँ ।’

धरान माइती भएकी शरिन इजराइलमा बस्दै आएकी थिइन् । उनले बेलाबेला सामाजिक विषयमा फेसबुक लाइभमा आएर आफ्नो भनाइ राख्ने गरेकी थिइन् भने समस्यामा परेकाहरुलाई आर्थिक सहयोज जुटाउने काम समेत गर्दै आएकी थिइन् ।

जुनु पुनका अनुसार उनी एक वर्षदेखि नेपाल आएर काठमाडौंमा बस्न थालेकी हुन् । उनको छोरी जर्मनीमा छिन् भने छोरा आफूसँगै छन् । देवीकी छोरी पनि उनीसँगै छिन् । समलिंगी बिहेलाई देवीकी आमाबाबाले सहर्ष स्वीकार गरेका छन् । उनका आमाबाबाले खुसीसाथ बिहेको आशिर्वाद दिएको जुनु पुनको भनाइ छ ।

जुनुका अनुसार उनीहरु दुवै जना अहिलेसम्म महिलाको रुपमा भूमिका निर्वाह गरेर छोराछोरी, घरपरिवार समेत बनाए पनि हालमात्र दुवैले समाजमा हिम्मत गरेर उत्रिएका हुन् । 

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...