काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री पूर्ण बहादुर खड्काले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना फैसला गरेर नेपाली जनताको अधिकार र जनताको संविधानसभाको रक्षा गरेको बताएका छन्।
खड्काले, ‘केपी ओली नेतृत्वको नेकपाको सरकारको प्रतिनिधिसभा विघटन सम्बन्धी असंवैधानिक, अलोकतान्त्रिक एवं सर्वसत्तावादी कदमलाई सर्वोच्च अदालतले बदर गरेर नेपाली जनताको अधिकार र जनताको संविधानसभाले निर्माण गरेको सङ्घीय, लोकतान्त्रिक, गणतान्त्रिक संविधानको रक्षा गरेको छ। सम्मानित सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको हृदयदेखि स्वागत गरौँ सबैमा हार्दिक बधाई’ समेत दिएका छन।