धादिङ देश भ्रष्टाचारले दलदलमा फसेको बेला गंगाजमुना गाउँपालिका पनि अछुतो रहेन । साना माछा समाते पनि ठूलो माछा भने समात्न नै बाँकी छ अब गाउँपालिकामा कार्यरत सबै कर्मचारीलाई छानबिनको दायरामा ल्याउनु जरुरी छ स्वास्थ्य क्षेत्रमा पनि व्यापक भ्रष्टाचार भएकोले अनुसन्धान गर्नु जरुरी छ । गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्की रु. ९५,००० घुससहित अख्तियारले पक्राउ गरेको छ ।प्रदेश सरकारको लगानीमा ठेकेदार कम्पनी वन्जु कान्सट्रशनद्धारा रु.२३,००,०००।– निर्मित किचेत सडक पूरा भइसक्दा पनि भुक्तानी गर्न।
आनकानी गरी ढिलासुस्ती गरी ठेकेदार कम्पनीसँग ३–४ प्रतिशत घुस मागेको र उक्त रकम निज कार्कीले लिदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ ।उक्त घुस प्रकरण गाउँपालिकाका लेखाअधिकृत अर्जुन सापकोटा पनि संलग्न भएको खुल्न आएको हुँदा नीज सापकोटलाई पनि पक्राउपुर्जी जारी गरी पक्राउ गर्ने तयारी गरिहेको बुझिएको छ ।