News Portal

खोटाङ कम्युनिष्टले देशलाई आफुसंगै सति लगे-रविप्रकाश राई (भिडियो)

हिमालीसंचार संवाददाता
५७१ पटक

खोटाङ -नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाशले कम्युनिष्टहरुले आफु संगसंगै देशलाई पनि सति लगेको आरोप लागाएका छन। जनतालाई जगाउन अब काङ्ग्रेसले जनजागरणको कार्यक्रम सहित बलियो उपस्थिती देखाउनु पर्ने समेत बताएका छन। नेपाली काङ्ग्रेस खोटाङले सोमबार आयोजना गरेको केपी ओलि सरकार विरुद्धको वृहत विरोध सभामा बोल्दै नेता राईले, काङ्ग्रेसले नेतृत्व गरेर बनाएको संविधानको नेकपाले खुलेआम हत्या गर्दै देशको सुदुर भविष्य माथी खेलवाड गरेको बताए।

नेता राईले कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गरेर वहुमत दिदै गर्दा समेत त्यसको महत्व नबुझेर देशको दिर्घ भविष्यमाथी खेलवाड गरेकोमा ओलि-प्रचण्ड प्रवृत्तिको घोर भत्सर्ना समेत गरेका छन। ओली र प्रचण्ड व्यक्ति मात्र नभइ एउटा प्रवृत्ती हो। यो प्रवृत्तिले कहिलै जनताको विश्वासलाई केन्द्रमा राखेन, सधै सत्ता र भ्रष्टाचारको दुर्गन्धित खेलमा रमाएर बस्यो।

हिजो पनि उनिहरु त्यही थिए र आज पनि उनिहरु यहि भएको आज प्रमाणित भइसकेको छ। यो प्रवृत्तिलाई जनताले बुझिसकेको र अब आम नेपाली जनताले प्रायश्चित गर्दै यो प्रवृत्तिलाई तिरस्कार बाहेक केही नदिने नेता राईले बताएका छन। सभामा काङ्ग्रेस कार्यकर्ताहरुको मनोबल बढाउदै नेता राईले बताए, “अब फेरि एकपटक इतिहासले काङ्ग्रेसलाई चुनौती दिएको छ। कम्युनिष्टको नेपाली जनता माथिको प्रहारलाई गम्भीर चुनौती दिने अवसर प्रदान गरेको छ।

हामी सबै जना नव विचार सहित दृढ आत्मविश्वासका साथ जनताको मरेको आशा जगाउन लाग्नुपर्छ। जनताको ढलेको विश्वासलाई हामीले जगाउन आवश्यक छ। यस्तो हुन्छ भने लोकतन्त्रको विजय सुनिश्चित हुनेछ र लोकतन्त्रको विजयमा नै काङ्ग्रेस र तपाईं हाम्रो विजय विराजमान छ।” साथै नेता राईले हरेक सर्वसाधारण नेपाली जनतालाई संसद विघटन जस्तो अलोकतान्त्रिक र असंवैधानिक कदमको विरुद्धमा सशक्त ढंगले उभिनका लागी अपिल समेत गरे। युवा नेता राई नेपाली काङ्ग्रेस खोटाङका महासमिती सदस्य समेत हुन।

 

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...