News Portal

खोटाङ कम्युनिष्टले देशलाई आफुसंगै सति लगे-रविप्रकाश राई (भिडियो)

हिमालीसंचार संवाददाता
५३० पटक

खोटाङ -नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाशले कम्युनिष्टहरुले आफु संगसंगै देशलाई पनि सति लगेको आरोप लागाएका छन। जनतालाई जगाउन अब काङ्ग्रेसले जनजागरणको कार्यक्रम सहित बलियो उपस्थिती देखाउनु पर्ने समेत बताएका छन। नेपाली काङ्ग्रेस खोटाङले सोमबार आयोजना गरेको केपी ओलि सरकार विरुद्धको वृहत विरोध सभामा बोल्दै नेता राईले, काङ्ग्रेसले नेतृत्व गरेर बनाएको संविधानको नेकपाले खुलेआम हत्या गर्दै देशको सुदुर भविष्य माथी खेलवाड गरेको बताए।

नेता राईले कम्युनिष्ट पार्टीलाई जनताले विश्वास गरेर वहुमत दिदै गर्दा समेत त्यसको महत्व नबुझेर देशको दिर्घ भविष्यमाथी खेलवाड गरेकोमा ओलि-प्रचण्ड प्रवृत्तिको घोर भत्सर्ना समेत गरेका छन। ओली र प्रचण्ड व्यक्ति मात्र नभइ एउटा प्रवृत्ती हो। यो प्रवृत्तिले कहिलै जनताको विश्वासलाई केन्द्रमा राखेन, सधै सत्ता र भ्रष्टाचारको दुर्गन्धित खेलमा रमाएर बस्यो।

हिजो पनि उनिहरु त्यही थिए र आज पनि उनिहरु यहि भएको आज प्रमाणित भइसकेको छ। यो प्रवृत्तिलाई जनताले बुझिसकेको र अब आम नेपाली जनताले प्रायश्चित गर्दै यो प्रवृत्तिलाई तिरस्कार बाहेक केही नदिने नेता राईले बताएका छन। सभामा काङ्ग्रेस कार्यकर्ताहरुको मनोबल बढाउदै नेता राईले बताए, “अब फेरि एकपटक इतिहासले काङ्ग्रेसलाई चुनौती दिएको छ। कम्युनिष्टको नेपाली जनता माथिको प्रहारलाई गम्भीर चुनौती दिने अवसर प्रदान गरेको छ।

हामी सबै जना नव विचार सहित दृढ आत्मविश्वासका साथ जनताको मरेको आशा जगाउन लाग्नुपर्छ। जनताको ढलेको विश्वासलाई हामीले जगाउन आवश्यक छ। यस्तो हुन्छ भने लोकतन्त्रको विजय सुनिश्चित हुनेछ र लोकतन्त्रको विजयमा नै काङ्ग्रेस र तपाईं हाम्रो विजय विराजमान छ।” साथै नेता राईले हरेक सर्वसाधारण नेपाली जनतालाई संसद विघटन जस्तो अलोकतान्त्रिक र असंवैधानिक कदमको विरुद्धमा सशक्त ढंगले उभिनका लागी अपिल समेत गरे। युवा नेता राई नेपाली काङ्ग्रेस खोटाङका महासमिती सदस्य समेत हुन।

 

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...