News Portal

  • ओली समूहमा खटपट सुरुः गृहमन्त्री थापा पक्षले बहिष्कार गर्‍यो युवा संघको बैठक

    हिमालीसंचार संवाददाता
    ३६५ पटक

    काठमाण्डौ –  पुर्वआइसिएलका ४२ केन्द्रीय सदस्य र युवा संघका ३८ जनासमेत गरी ८० जना सो बैठकमा गएनौँ। जुनियर मान्छे राखेर कसरी केन्द्रीय बैठक हुन्छ? कि नाम सार्वजनिक गर्नुपर्‍यो, रमेश पौडेलजीले केन्द्रीय समितिको नाम समेत सार्वजनिक गर्नुभएको छैन।’

    गृहमन्त्री रामबहादुर थापा निकट युवाहरुले राष्ट्रिय युवा संघको केन्द्रीय समिति भेला बहिष्कार गरेका छन्। एकता प्रक्रिया नै नटुंगी ओली पक्षले एकलौटी रुपमा भेला राखेकोले बहिष्कार गरेको थापानिकट नेता वीरु तामाङले बताए।

    आइतबार उद्घाटन भएर सोमबारसम्म चलेको सो भेलामा पूर्वमाओवादीका कुनैपनि केन्द्रीय सदस्य सहभागी नभएको उनले जानकारी दिए। ‘भेलामा उहाँहरु (ओली पक्षको) मात्रै उपस्थिति छ, हाम्रो सहभागिता छैन,’ तामाङले भने। 

    प्रधानमन्त्री ओली र गृहमन्त्री थापा समूह गरी युवा संघमा रहेका दुई वटा समूहबीच एकता प्रक्रिया नटुंगिदै भेला राखिएकोले बहिष्कार गर्नुपरेको उनले दाबी गरे। ‘दुई वटा ध्रुवमा अगाडि बढेको संगठनको पुनसंरचना भएको छैन, संरचना कस्तो हुने, नेतृत्वमा को को रहने र केन्द्रीय सदस्य कति हुने भन्ने सहमति नै नबनी बैठक बसेछ। त्यसमा हामी सहमत हुन सकेनौँ र गएनौँ,’ तामाङले थपे।

    तत्कालीन एमालेको युवा संघ र माओवादी केन्द्रको वाईसीएल एकीकृत भएपछि बनेको राष्ट्रिय युवा संघको केन्द्रीय समितिमा ३ सय ३५ सदस्य थिए। तीमध्ये पूर्वएमाले तर्फका १ सय ९२ जना र माओवादी केन्द्रका १ सय ४३ जना थिए।

    नेकपा विभाजनपछि माओवादीतर्फका युवा मध्ये ३८ जना केन्द्रीय सदस्य थापाकै पक्षमा छन्, जसको नेतृत्व तामाङले गरिरहेका छन्। माओवादीतर्फका बाँकी १ सय ५ जना युवा संघका संयोजक रामप्रसाद सापकोटासँग रहेको तामाङले जानकारी दिए।

    युवा संघका संयोजक रमेश पौडेल र थापा पक्षले ब्युँताएको वाईसीएलका संयोजक वीरु तामाङ युवा संघको केन्द्रीय समितिको बैठकमा ८० जना सहभागी नभएको तामाङको भनाइ छ।‘पूर्ववाईसीएलका ४२ केन्द्रीय सदस्य र युवा संघका ३८ जनासमेत गरी ८० जना सो बैठकमा गएनौँ,’ तामाङले असन्तुष्टि जनाउँदै भने, ‘उहाँहरुले केन्द्रीय समितिको बैठक भनिराख्नुभएको छ, जुनियर मान्छे राखेर कसरी केन्द्रीय बैठक हुन्छ? कि नाम सार्वजनिक गर्नुपर्‍यो, रमेश पौडेलजीले केन्द्रीय समितिको नाम समेत सार्वजनिक गर्नुभएको छैन।’

    युवा संघ र वाईसीएल एकता भएपछिको यो दोस्रो पूर्ण बैठक भएपनि आफूहरुसँग ओली पक्षले छलफल नै नगरेको उनको भनाइ छ। गृहमन्त्री थापाले माघ ९ गते आफ्नै सचिवालयमा रहेका तामाङको नेतृत्वमा युवा संघमा रहेका केही युवाहरुलाई लिएर पूर्ववाईसीएल ब्युँताएका थिए।

    बैठक बहिष्कार गरेका ती युवाहरु आन्तरिक छलफलमा छन्। कुरा नमिले वाईसीएललाई युवासंघको समानान्तर संगठन बनाउने उनीहरुको तयारी छ।

    ‘वैचारिक, राजनीतिक र संगठनात्मक रुपमा संगठन एक हुनुपर्छ भन्ने हो। त्यो नमिल्ने परिस्थिति बन्दै गएकोले हाम्रो वाईसीएलले युवा संघको समानान्तरकै रुपमा काम गर्न सक्छ,’ सो समूहका एक नेताले बताए।

    उता ओली समूहका युवा संघका केन्द्रीय सदस्य प्रभातविक्रम कटुवालले पनि थापा पक्षीय युवाहरु बैठकमा नआएको र सहमतिको प्रयास भइरहेको बताए। ‘उहाँहरुले राजनीतिक प्रतिवेदनसहितको विषयमा सहभागिता खोज्नुभएको थियो,’ कटुवालले भने, ‘त्यसमा सहमति गराउने प्रयास भइरहेको छ।’

    युवा देखाएर थापाको बार्गेनिङ

    प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको समर्थन र बचाउ गरेका गृहमन्त्री थापा आफू निकट ३७ जना केन्द्रीय सदस्य सबैलाई छोडेर ओलीसँगै बसेका थिए। नेकपाको सचिवालय सदस्य रहेका थापा अहिले ओली पक्षको तेस्रो वरियतामा छन्। एक्लै ओली पक्षमा लागेका थापाले युवामार्फत् आफ्नो शक्ति जुटाउन थालेका छन्।

    उनले पूर्व जनमुक्ति सेनाका केही कमान्डरसँग भेट गरेर तिनलाई आफूतिर तान्ने कोसिस गरे। त्यसपछि वाईसीएल ब्युँताए। एक युवा नेताका अनुसार थापा वाईसीएललाई तत्काल युवा संघमा नगाभ्ने पक्षमा छन्। ‘बादल दाइले युवाहरुको सम्मानजनक एकता गर्नुपर्छ भन्दै तत्काल युवा संघमा मर्ज गर्न हतार नगर्नु भन्नुभएको छ,’ वाईसीएलका ती केन्द्रीय सदस्यले भने।

    थापा यतिबेला ओली समूहमा आफ्नो बलियो पकड बनाउने प्रयत्नमा देखिन्छन्। त्यसैका लागि उनले युवाहरु आफूनिकट राख्ने कोसिस गरिरहेका छन्। ओली समूहले माघ २३ गते गरेको सभामा बागमती प्रदेशका सबै जिल्लाबाट मानिस ल्याउन थापालाई समेत दबाब थियो। माघ २१ गते आयोजना गरिएको मोटसाइकल र्‍यालीमा पनि थापा समूहले काठमाडौंको गौशालाबाट छुट्टै मोटरसाइकल जुलुस निकालेर शक्ति देखाएको थियो।

    कम बोल्ने र आफ्ना योजना हम्मेसी भन्न नरुचाउने गृहमन्त्री थापाले पछिल्ला दिन पूर्व माओवादीका थुप्रै नेताहरुसँग भेट गरिरहेका छन्। उनीहरुलाई मन्त्री क्वार्टरमै बोलाएर थापाले छलफल गरिरहेका हुन्। ओली समूहमा तीन सय केन्द्रीय सदस्य आफूले पाउनु पर्ने माग पनि थापाले ओलीसँग राखेको उनीनिकट नेताहरु बताउँछन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    संविधानभित्रै अन्तरिम सरकार गठन गर्न सकिन्छ : सुदन गुरुङ

    काठमाडौँ, भदौ २६ – जेनजी आन्दोलनका अभियन्ता सुदन गुरुङले संविधान खारेज नगरीकै सीमाभित्र अन्तरिम सरकार...

    देशभर पेट्रोलियम पदार्थ पर्याप्त, आपूर्ति सहज रह्ने आयल निगमको दाबी

    काठमाडौँ, भदौ  २६ – नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको पर्याप्त मौज्दात रहेको जनाएको छ।...

    अहंकारी नेताहरुका कारणले निम्ताएको दुर्गति

    – कमला थापा ०८२ भदौ २६ गते। काठमाण्डौ। जेन्जी साथिहरुलाई थोरै कुरा गर्न मन लाग्यो।...

    ८ सेप्टेम्बरपछि भिसा सकिएका पर्यटकले विमानस्थलमै नवीकरण पाउने

    काठमाडौं, भदौ २६ – ८ सेप्टेम्बरपछि भिसा सकिएका विदेशी पर्यटकले अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आफ्नो...

    गगन थापाको जेनजीलाई सन्देश: संविधानको निरन्तरता कायम गर्न आग्रह

    काठमाडौं, भदौ २६ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिबारे आफ्नो धारणा...