News Portal

मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव पेश हुने भएपछि बैठक स्थगीत

हिमालीसंचार संवाददाता
४६४ पटक

विराटनगर – सत्तापक्षको विरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक एक साताका लागि स्थगीत गरिएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश हुने निश्चित भएपछि सत्तापक्षले अवरोध गर्दा बैठक स्थगीत भएको हो ।

आइतबार अपरान्ह बसेको बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले बैठक प्रारम्भ भएको घोषणा गर्न नपाउँदै मुख्यमन्त्री शेरधन राई पक्षधरले उठेर बैठक विरोध जनाएका थिए। मुख्यमन्त्री राईले संसदीय दलको नेताको हैसियतमा निलम्वन गरिएका १६ जनाको विषय टुंगो नलागेसम्म सदन चल्न नसक्ने सत्तापक्ष सांसदहको भनाई छ ।

उनीहरुले बैठकको कामकारवाही अघि नबढाउन सभामुख समक्ष आग्रह गरेका थिए । सभामुख भण्डारीले पटकपटक बस्न आग्रह गर्दा पनि सांसदहरु नमानेपछि बैठक एक साताका लाग स्थगित गर्नुभएको हो । बैठकमा मुख्यमन्त्री राईविरुद्ध संसद् सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव पेस हुने कार्यसूची थियो । अर्को बैठक फागुन ९ गतेका लागि तोकिएको छ ।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...