News Portal

प्रधानमन्त्री तानाशाह शैलीमा चल्न खोजेः कांग्रेस नेता रवि प्रकाश राई (भिडियो सहित)

हिमालीसंचार संवाददाता
४९९ पटक

खोटाङ -नेपाली कांग्रेसका महासमिति सदस्य तथा युवा नेता रवि प्रकाश राईले लोकतान्त्रिक विधिबाट चल्ने मुलुकको सरकार शासक बन्न नमिल्ने बताएका छन्। खोटाङको दिप्रुङ चुइचुम्मा गाउपालिकाका स्व. पदम बहादुर थापाको श्रद्धाञ्जली कार्यक्रमको अवसरमा उनले बिघटित प्रतिनिधि सभाको प्रसंग जोड्दै मुलुकको सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी ओली तानाशाह शैलीमा चल्न खोजेको संकेत गरे।

उनले भने लोकतान्त्रिक विधिबाट चलेको मुलुकका जनताले प्रत्यक्ष रुपमा अधिकारको उपभोग गर्न पाउनु पर्छ, नभए जनप्रतिनिधिहरुलाई घोक्रेठ्याक लगाएर भएपनि जनताका अभावहरुको परिपूर्ति गर्न लगाउनु पर्छ। त्यस्तै फरक प्रसंगमा नेता राईले जाति, भूगोल र वर्गको आधारमा नभएर भावनात्मक एकतामा बाँधिएर नेपाली कांग्रेसले संगठन निर्माणलाई तिव्र बनाउनु पर्नेमा जोड दिए।

उनले जनताले समृद्धि चाहेको भन्दै अब कांग्रेस स्थानीय स्तरमा जनतालाई अधिकार सम्पन्न बनाउने तर्फ लाग्ने बताए । “कसैको आलोचना, टिप्पणी, समर्थन र विरोध नभइ अब कांग्रेसले स्पष्ट पार्टीको दृष्टिकोण र एजेण्डाहरु तयार पारेर जनतासामु जानु पर्छ, उनले भने। श्रद्धाञ्जली सभाको अवसरमा नेता राईले स्व. थापाको समाज र जनताप्रतिको योगदान अतुलनीय रहेकाले उनलाई सधै सम्मान गरिरहनु पर्ने बताए। नेपाली कांग्रेस मार्फत लामो समयसम्म जनताको सेवामा समर्पित रहेका स्व. थापाको गत मंसिर २६ गते निधन भएको थियो। उनी वि. स. २०४९ सालको स्थानीय चुनावमा वडा ७ को वडा अध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...