News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि

    हिमाली संचार संवाददाता
    ८३३ पटक

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन् । चीनमा उत्साहित हुँदै भ्रमणमा निस्केका प्रचण्डलाई चिनियाँ राष्ट्रपति सी जिन पिङले भेट्न समय नदिएपछि मलिन मुद्रामा नेपाल फर्किने सुर कसेको स्रोतले जनाएको छ ।
    चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणा भन्दै प्रचण्ड भदौ ३० गते चीनतर्फ प्रस्थान गरेका प्रचण्डलाई चीनले यसरी किन निरास बनायो त्यो भने पछि खुल्दै जाला तर, उनले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको भन्दै यसैमा चित्त बुझाउन प्रचण्डलाई बाद्यता आइपरेको स्रोतले जनाएको छ ।काठमाडौंबाट चीन प्रस्थान गर्नुपुर्व उनी चिनियाँ राष्ट्रपतिलाई भेट्ने उनको सचिवालयले जनाएको थियो । तर, चिनियाँ राष्ट्रपतिको ‘व्यस्त सेड्युल’का कारण उनी जिनपिङलाई नभेटी स्वदेश फर्कदैछन् । पार्टी एकता भैसकेपछि प्रचण्डले पहिलो पटक भारतको भ्रमण गरेका थिए । भारत भ्रमणलगत्तै उनी चीन गएका हुन् । भारतमा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य प्रभावशाली नेताहरुसँग भेट गरेका थिए । तर, चीनमा भने उनले शीर्ष नेताहरुसँग भेट गर्न सकेनन् । नेपाल पानाबाट साभार

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख ६, २०८२ (अप्रिल १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन नियन्त्रणमा : बागमती प्रदेश सरकारको कडा कदम

    काठमाडौं, वैशाख ५ – बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसाधनको सुरक्षामूलक मापदण्ड कार्यान्वयन गर्दै २० वर्ष...

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...