नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दोश्रो दर्जाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – निराशाजनक अवस्थामा चार दिने चीन भ्रमण सकेर आज राति स्वदेश फर्किन लागेका छन् । चीनमा उत्साहित हुँदै भ्रमणमा निस्केका प्रचण्डलाई चिनियाँ राष्ट्रपति सी जिन पिङले भेट्न समय नदिएपछि मलिन मुद्रामा नेपाल फर्किने सुर कसेको स्रोतले जनाएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीको विशेष निमन्त्रणा भन्दै प्रचण्ड भदौ ३० गते चीनतर्फ प्रस्थान गरेका प्रचण्डलाई चीनले यसरी किन निरास बनायो त्यो भने पछि खुल्दै जाला तर, उनले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको सम्बन्ध विस्तार नै आफ्नो भ्रमणको प्रमुख ‘एजेण्डा’ रहेको भन्दै यसैमा चित्त बुझाउन प्रचण्डलाई बाद्यता आइपरेको स्रोतले जनाएको छ ।काठमाडौंबाट चीन प्रस्थान गर्नुपुर्व उनी चिनियाँ राष्ट्रपतिलाई भेट्ने उनको सचिवालयले जनाएको थियो । तर, चिनियाँ राष्ट्रपतिको ‘व्यस्त सेड्युल’का कारण उनी जिनपिङलाई नभेटी स्वदेश फर्कदैछन् । पार्टी एकता भैसकेपछि प्रचण्डले पहिलो पटक भारतको भ्रमण गरेका थिए । भारत भ्रमणलगत्तै उनी चीन गएका हुन् । भारतमा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अन्य प्रभावशाली नेताहरुसँग भेट गरेका थिए । तर, चीनमा भने उनले शीर्ष नेताहरुसँग भेट गर्न सकेनन् । नेपाल पानाबाट साभार
चिनियाँ राष्ट्रपतिले प्रचण्डलाई समय छैन स्वदेश फर्कनुस् भनेपछि
हिमाली संचार संवाददाता
पिर्के सलामी नलिने गृहमन्त्री गुरुङको निर्णय

काठमाडौं, चैत २९ — गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। नवलपुरस्थित सशस्त्र...
ठेक्केदारको हालीमुहाली, सम्बन्धित निकाय मौन

मोरङ– सुनबर्सी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोकबाट करिब २ किलोमिटर सडक...
भारतीय संगीतकी महान् गायिका आशा भोसलेको निधन

मुम्बई, चैत २९ — भारतीय संगीतकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...
आज २०८२ साल चैत २९ गतेको राशिफल

आज चैत २९, २०८२ ( अप्रिल १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...
नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...
- राजसंस्था पुनर्स्थापनाको बहस चर्किँदै, वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि
- कतै हामी एकादेशी पो बन्छौ की ?
- भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह
- गृहमन्त्रीलाई पुनको सन्देश : दबाबमा नपरी कानुन अनुसार अघि बढ्नुस्
- सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु
- आज २०८२ साल चैत १९ गतेको राशिफल
- आज २०८२ साल चैत २० गतेको राशिफल
- रास्वपाको स्पष्ट सन्देश: अघिल्लो सरकारका नियुक्तिहरूले राजीनामा दिनुहोस्
- नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
- ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता