News Portal

खोटाङमा नेकपाका सयौ  नेता कार्यकर्ता कांग्रेसमा प्रवेश (भिडियो सहित)

हिमालीसंचार संवाददाता
५४१ पटक

खोटाङ -खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१० पाथेकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस १० नम्बर वडा कार्य समिति पाथेकाले शनिबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमको अवसरमा नेकपाका सयौ  नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्।

दुई तिहाईको मत पाएको नेकपाले जनताप्रति गरेको गद्दारीका कारण कांग्रेसमा प्रवेश गर्नु परेको उनीहरुले बताएका छन्। मुलुकको माटो सुहाउँदो राष्ट्रियता, लोकतन्त्र, शान्ति र विकासको लागि कांग्रेस नै ठूलो शक्ति भएको उनीहरुको दावी छ।

पूर्व नेकपा एमालेका पाथेकाका पूर्व अध्यक्ष तथा प्रभावशाली नेता प्रेमकुमार गिरी, नेकपाका यूवा नेता टिकाराम पुरीको नेतृत्वमा सिङ्गो गाउँका अढाइ सय बढि नेता कार्यकर्ता कांग्रेसमा आएको नेपाली कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिए ।
नव प्रवेशीहरुलाई कांग्रेसका नेताहरु नरेशकुमार श्रेष्ठ, विष्णुकुमार राई, शुवासकुमार पोख्रेल, सरस्वती बजिमय,  रविप्रकाश राई, दिनेश राई, धर्मराज पोख्रेल, रुद्र गिरी, इवन राईलगायतले अविरमालाका साथ पार्टीको झण्डा ओढाएर स्वागत गरेका थिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...