News Portal

निलम्बित अस्ट्रेलियाली कप्तान स्मिथ क्यारेबियन लिगमा

७९२ पटक

ब्रिजटाउन – निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टीभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश बारबाडोस ट्राइडेन्ट्स टिममा आबद्ध भएका छन् । उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन् ।

दक्षिण अफ्रिकासँग गत मार्चमा खेलिएको टेस्ट क्रिकेटमा बल बिगारेको आरोप लागेपछि क्रिकेट अस्ट्रेलियाले स्मिथलाई १२ महिनाका लागि निलम्बन गरेको छ ।

ब्याटिङतर्फ विश्व बरियताक्रममा नं. १ मा रहेका स्मिथमाथि आफ्नो मुलुक वा आफ्नो प्रान्तका लागि पहिलो श्रेणीको क्रिकेट समेत खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ, तर उनलाई क्लब स्तरका खेल खेल्ने अनुमति छ । हालैमात्र उनले क्यानडामा सम्पन्न टि २० क्रिकेट खेलेका थिए ।

बारबाडोस ट्राइडेन्ट्सले छ टोली सहभागी टी २० क्रिकेटमा स्मिथले खेल्ने पक्का भएको र हस्ताक्षर पनि भइसकेको घोषणा गरेको छ । यो क्यारेबियन क्रिकेट सिरिज सन् २०१३ बाट सुरु भएको छ ।

ट्राइडेन्ट्सका प्रशिक्षक रोबिन सिंहले बंगलादेशी अलराउन्डर शकिब अल हसन खेल्न नपाउँदा दुःख लागेको भन्दै स्मिथलाई ल्याउन पाउँदा आफ्नो टिम सशक्त बनेको प्रतिक्रिया दिए । ट्राइडेन्ट्सले अगस्ट १२ मा गुयनाको अमेजन वारियर्ससँग पहिलो खेल खेल्नेछ । एजेन्सी

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...