News Portal

प्रधानमन्त्री कप क्रिकेट: लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हरायो

हिमालीसंचार संवाददाता
४६० पटक

काठमाडौं – चौथो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको छ। मूलपानी क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले २७.४ ओभरमा सबै विकेट गुमाएर ६२ रन मात्रै बनाउन सक्यो।

लुम्बिनीले ६३ रनको विजय लक्ष्य १४.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। सुदूरपश्चिमका लागि नारायण जोशीले १७ तथा कप्तान सन्तोष भट्टले ११ रन बनाउनुभयो। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सक्नु भएन। बलिङतर्फ लुम्बिनीका कृष्ण कार्कीले सर्वाधिक चार विकेट लिनुभयो।

यस्तै, अनिल खरेल र विक्रम भुसालले दुई–दुई तथा सन्दीप सुनार र दीपेन्द्र रावतले १-१ विकेट लिनुभयो। विजयी लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गर्दै लुम्बिनीका लागि सौरभ खनालले अविजित १८, प्रकाश केसीले १७ तथा कृष्ण कार्कीले १५ रनको योगदान दिनुभयो। बलिङतर्फ सुदूरपश्चिमका लागि शेर मल्लले २ तथा विनोद लामाले १ विकेट लिनुभयो।

समूह ‘बी’ मा रहेको लुम्बिनी ३ खेलमा ४ अङ्क जोडेर दोस्रो स्थानमा उक्लिएको छ। लुम्बिनीले पहिलो खेलमा प्रदेश नं २ लाई ७७ रनले हराएको थियो भने, दोस्रो खेलमा लुम्बिनी पुलिस क्लबसँग ७४ रनले पराजित भएको थियो।

यस्तै, सुदूरपश्चिम हालसम्म खेलेका ३ खेलमै पराजित भई अङ्कविहीन अवस्थामा छ। सुदूरपश्चिम पहिलो खेलमा वाग्मती प्रदेशसँग १८० रनले तथा दोस्रो खेलमा पुलिस क्लबसँग ९ विकेटले पराजित भएको थियो। सुदूरपश्चिम प्रतियोगिताबाटै बाहिरिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...