News Portal

मकाउबाट आज नेपाल एयरलाइन्सको जहाज मार्फत १ सय ४७ जना नेपाली नागरिक स्वदेश फर्किए

१ सय ४७ जनायात्रुहरु मध्ये, २ जना शिशुहरु र १ जना वोनम्यारो विरामी रहेका छन्

हिमालीसंचार संवाददाता
१४७० पटक

मकाउ – नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज आज मकाउमा पहिलोपटक अवतरण गरी मकाउमा कोरोना महामारीका कारण रोजगारी गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले १ सय ४७ जना नेपाली नागरिक स्वदेश नेपाल फर्केका छन् ।

मकाउमा पहिलो पटक नेपाल एयरलाइन्सको “आरए-४०५२” न्यारोबडी जहाज मकाउमा अवतरण गरेको हो। कोरोना महामारीका कारण मकाउ सरकारले हवाई सेवामा पूर्णरुपमा प्रतिबन्ध लगाएको कारण मकाउ अन्तराष्ट्रिय विमान स्थलमा कार्यरत नेपाली सुरक्षाकर्मीहरुको समेत रोजगारी गुमेका थिए। 

मकाउ-हङकङ हुदै तेस्रो पटक उडान भई सकेको छ। आज मकाउ अन्तराष्ट्रिय विमान स्थलबाट चौथो उडान मार्फत १ सय ४७ जना यात्रुहरु मध्ये २ जना शिसु र १ जना बोनम्यारो विरामी सहित नेपाली नागरिकहरु स्वदेश फर्केका नेपाली महावाणिज्यदूतावास हङकङले जनाएको छ। 

मकाउ-काठमाडौ सिधा उडान नहुदा नेपाली नागरिकहरु  मकाउमा श्रम गर्नका लागि चीन, मलेशिया, थाईलैण्ड र हङकङ ट्रान्जिट प्रयोग गरी समुन्द्रीमार्ग र विश्वकै लामो सामुन्द्रिक पुलको प्रयोग गरेर मकाउ आउने गरेका छन्। पछिल्लो समय हङकङ सरकारले कोभिड-१९ का कारण कडाइ गर्दा मकाउमा श्रम गर्न आउने यात्रुहरु समेत प्रभावित भइरहेका छन्। हङकङ र मकाउ दुबै चीनको स्वशाशित विशेष प्रशासनिक क्षेत्र हो ।

नेपाल एयरलाइन्सको जहाजबाट आज मकाउबाट १ सय ४७ जना नेपाली नागरिकलाई काठमाण्डौ-मकाउ उडान मार्फत उद्धार गरेको हो। विगत लामो समयदेखि स्वदेश फर्कन नपाउदा नेपाली नागरिकले दुख कष्ट झेल्नु परिरहेको थियो।नेपालमा रहनु हुने ९ जना मकाउ आईडी वाहकहरु नागरिक उड्डयन प्राधिकरण साथै मकाउ स्वास्थ्य ब्यूरोले अनुमति नदिएको कारण यस फालाईट मार्फत मकाउ आउन नसकेको नेपाली वाणिज्यदूतावास हङकङले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...