News Portal

उत्तर कोरियाको शक्तिशाली क्षेप्यास्त्र पनडुब्बी सार्वजनिक

हिमालीसंचार संवाददाता
८६६ पटक

प्योङयाेंग – उत्तर कोरियाले नयाँ प्रकारको अत्याधुनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपक पनडुब्बी सार्वजनिक गरेको छ। सरकारी सञ्चारमाध्यमले यसलाई ‘विश्वकै सबैभन्दा शक्तिशाली हतियार’ को संज्ञा दिएको छ। सर्वोच्च नेता किम जोङ उनको उपस्थित रहेको विशाल सैनिक परेड कार्यक्रममा अन्य थुप्रै क्षेप्यास्त्र पनि प्रदर्शन गरिएका थिए।

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनले शपथ ग्रहण गर्नु केही दिनअघि उत्तर कोरियाले आफ्नो सैनिक क्षमता प्रदर्शन गरेको हो। नाम मात्रको राजनीतिक बैठक बस्ने तथा अन्तर्राष्ट्रिय जगतबाट टाढिएको उत्तर कोरियाका किमले सीधै अमेरिका आफ्नो मुलुकको सबैभन्दा ठूलो शत्रु भएको दाबी गर्ने गरेका छन्।

किम इल सुंग चोकमा आयोजित सैनिक परेडमा स्थल सेना, टैंक र अन्य बख्तरबन्द गाडी, क्षेप्यास्त्र तथा ‘पुकगुकसोंगङ’ नामक यस नयाँ पनडुब्बी प्रक्षेपक प्रदर्शनलाई किमले निकै प्रसन्न मुद्रामा अवलोकन गरेका थिए। उत्तर कोरियाको पारमाणविक हतियार विकास कार्यक्रम नियन्त्रणका लागि विगतमा अमेरिकी राष्ट्रपति ट्रम्पले किमसंग दुईपटक भेटवार्ता गरेका थिए।

तर, सिंगापुर र भियतनामको राजधानी हनोईमा भएका ती बैठकले खासै ठोस उपलब्धि दिन सकेका थिएनन्। किमले उत्तर कोरियामाथि लगाइएको आर्थिक प्रतिबन्धमा केही फुकुवा गर्न रोखेको प्रस्तावको सुनुवाइ नहुँदा हनोईको किम–ट्रम्प वार्ता त्यसै तुहिन पुगेको थियो।

तैपनि, ट्रम्पले आफ्ना कार्यकालभरि नै किम आफ्नो ‘असल मित्र’ रहेको दाबी गर्दैै आएका थिए। केही दिनअघि मात्र किमले अमेरिकामा जोसुकै राष्ट्रपति बने पनि अमेरिकाको उत्तर कोरियाप्रतिको नीति नबदलिने दाबी गरेका थिए। बाइडेनले उत्तर कोरियासँगको विद्यमान समस्यालाई कसरी सम्बोधन गर्ने हो भन्ने हेर्न अन्तर्राष्टिय जगत उत्सुकताका साथ प्रतीक्षारत छ। (एजेन्सी)

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...