News Portal

नेपाल वायुसेवा निगमको जहाज मकाउ आउने, पहिलो पटक मकाउमा अवतरण गर्दै

आवश्यक तयारी गर्न नेपाली महावाणिज्यदूतावास हङकङको अनुरोध

हिमालीसंचार संवाददाता
२१४८ पटक

मकाउ – कोरोना माहामारीको कारण रोजगार गुमाएका, भिसा नवीकरण नभएका र विभिन्न कारणले स्वदेश फिर्ता हुने नेपाली नागरिकका हकमा नेपाली महावाणिजदूतावास हङकङले जनवरी ११ तारिख  सूचना जारी गर्दै नेपाल वायुसेवा निगमको जहाज मकाउ ल्याउने पहल शुरु गरेको नेपाली महावाणिज्यदूतावास हङकङले जनाएको छ।

दूतावास हङकङबाट जारी सूचनामा भनिएको छ: रोजगारी गुमाई मकाउमा रहनु भएका नेपाली नागरिकहरुले देखाउनु भएको धर्यतालाई सर्वप्रथम धन्यवाद छ। यही आउदो २० जनवरी २०२१ को विहानमा ( ७ माध २०२१) मकाउबाट नेपाल फर्कनका लागि एक विशेष विमानद्वारा उद्धार हुने हुदा देहय अनुसारको गर्न/ गराउन हुन अनुरोध छ।” 

दूतावासका अनुसार कोभिड-१९ जाँचको सामान्य अवधि ७२ धण्टा रहेको हुनाले उडान गर्नु भन्दा ३ दिन भित्र परीक्षण गरिएको प्रमाण सुरक्षित राख्न अनुरोध गरेको छ। वायुसेवा टिकटको लागि ग्रेट नेपाल ट्राभल टुर प्रालि काठमाडौ लाजिम्पार्ट स्थित सम्पर्क +९७७-१-४००१११६ वा मोबाईल नम्बर +९७७-९८५१०६४४४६ दामोदर घिमिरे संग सम्पर्क गर्न भनिएको छ।” टिकटको बुकिंगको लागि आधिकारिक एजेन्ट मकाउमा नरहेको कारण सम्बन्धित ट्राभल संग सिधा सम्पर्क राख्न समेत दूतावासले अनुरोध गरेको छ। 

महावाणिज्यदूतावास हङकङले थप अनुरोध गरेको छ; “नेपाल जानु भन्दा पहिले नेपाल सरकारको कोभिड १९ व्याबस्थापन समितिले अनुरोध गरेको फारम अनिवार्य रुपमा भरी (बारकोड) सुरक्षित राख्न भनिएको छ। टिकट वा अन्य कुनै कारणले रोकिनु परेमा वा नेपाल तुरुन्तै जानु पर्ने भएमा नेपाली महावाणिज्यदूतावास हङकङको सम्पर्क नम्बरमा सम्पर्क गर्न भनिएको छ।

त्यस्तै, नेपालदेखि मकाउ आउन चाहानु हुने मकाउको स्थायी परिचयपत्र वाहक नेपालीहरु हुनुहुन्छ भने आफ्नो परिचयपत्र र राहदानीको प्रतिलिपि नेपाली महावाणिज्यदूताबास हङकङको इमेलमा पठाउन अनुरोध गरेको छ। 

नेपाली महावाणिज्यदूतावास हङकङले मकाउ स्थित गैरआवासीय नेपाली संध मकाउको कार्यालयमा नामावली दर्ता सहित एक प्रति राहदानीको प्रतिलिपि सहित सम्पर्क गर्न अनुरोध सहित सूचना जारी गरेर एनआरएन मकाउलाई आवश्यक सहयोग गर्न अनुरोध गरेको थियो। 

यसरी, आगामी २० तारिख विहान बुधवार मकाउ स्थित अन्तराष्ट्रिय विमानस्थल मकाउमा नेपाल वायुसेवा निगमको जहाज अवतरण गर्ने र मकाउबाट सिधा मकाउ-नेपाल उडानका लागि पहल शुरु गरिएको नेपाली महावाणिज्यदूतावास हङकङले हिमालीसंचारसंगको कुराकानीमा जानकारी दिएको हो। 

प्रतिकृया दिनुहोस्

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...

गौरमा बढ्दो तनाव नियन्त्रणका लागि २३ जना पक्राउ, कर्फ्यु जारी

रौतहट, १० फागुन – गौर नगरपालिकामा दुई समुदायबीच देखिएको तनाव नियन्त्रणमा लिन प्रहरीले २३ जनालाई...

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...