News Portal

कांग्रेसको आन्दोलन कार्यक्रम, वडा तहसम्मै विरोध प्रदर्शन गर्ने

हिमालीसंचार संवाददाता
२७५ पटक

काठमाडौं– प्रतिनिधिसभा विघटनको विरोधमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले वडातहसम्म प्रदर्शन र सभा गर्ने  निर्णय गरेको छ । आइतबार बसेको केन्द्रीय समिति बैठकले पुस २५ देखि माघ ८ गतेसम्म निर्वाचन क्षेत्रदेखि वडा तहसम्मको विरोध प्रदर्शनको कार्यक्रम तय गरेको हो ।

केन्द्रीय सदस्य प्रदीप पौडेलका अनुसार पुस २५ गते ३३० वटा प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले विरोध प्रदर्शन गर्नेछ । त्यसपछि माघ ३ गते ७५३ वटै स्थानीय तहमा र माघ ८ गते ६७४३ वटै वडामा प्रदर्शन  र सभाको कार्यक्रम तय भएको उनले बताए ।

कांग्रेसले पार्टीका जिल्ला समितिले आफ्नो अनुकुलतामा तथा पार्टीका भातृ तथा शुभेच्छुक संगठनहरुले आ–आफ्नो आवश्यकता र अनुकुलतामा जिल्ला समितिसँग समन्वय गरेर कार्यक्रम गर्ने पनि निर्णय गरेको छ ।

त्यसैगरी बैठकले २०७७ कात्तिक २० गते उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा अन्य राजनीतिक दलबाट कांग्रेसमा प्रवेश गर्नेहरुको समायोजनको निम्ति बनाइएको समायोजन समितिले तयार पारेको प्रतिवेदन बैठकले अनुमोदन गरेको छ । बैठकले क्रियाशील सदस्यता विवरण २०७७ माघ मशान्तसम्म गरिसक्ने मिति तय पनि गरेको छ ।

भ्रम नहोस्, कांग्रेस एकमतका साथ आन्दोलनमा

नेपाली कांग्रेसले संसद विघटनविरुद्ध पार्टी एक मतले आन्दोलनमा रहेको बताएको छ । संसद विघटनका विषयमा कांग्रेसबारे भ्रमपूर्ण समाचारहरु आइरहेको भन्दै आइतबार विज्ञप्तिमार्फत उसले भनेको छ, ‘संसद विघटनको असंवैधानिक कदमका विरुद्ध एउटै निर्णय र प्रष्ट धारणा साथ नेपाली कांग्रेस एकमतका साथ आन्दोलनको मैदानमा छ ।’

संसद विघटन गरेकै दिन पुस ५ गते बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकदेखि नै कांग्रेसले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक भनेको र देशब्यापी विरोध प्रदर्शन समेत गरिसकेको कांग्रेसले बताएको छ ।

प्रतिनिधिसभा विघटनको कदम अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रबाट उत्पन्न लोकतान्त्रिक मूल्य, मान्यता र संवैधानिक व्यवस्था प्रतिकुल बदनियतपूर्ण निन्दनीय कार्य हो भन्ने कांग्रेसले प्रष्ट पारिसकेको पनि बताएको छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ लैजाने गम्भीर षडयन्त्रमूलक कार्य हो भन्ने हाम्रो ठहर छ’ कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमा भनेका छन् ।

 

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...