News Portal

प्रचण्डले आन्तरिक मामिलामा भारतलाई गुर्हानु दुःखद : प्रदीप ज्ञवाली

हिमालीसंचार संवाददाता
४०९ पटक

पाल्पा – परराष्ट्रमन्त्री एंव नेकपाका नेता प्रदीप ज्ञवालीले नेपालको आन्तरिक राजनीतिमा पुष्पकमल दाहाल प्रचण्डले भारतलाई गुर्हानु दुखद भएको बताउनु भएको छ। उहाले प्रतिनिधिसभा विघटन भएपछि सडकमा गएको खेमाले बाह्य शक्ति निम्त्याएको बताउनु भएको हो।

नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाले भन्नुभयो, ‘पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालको अन्तर्वार्ता हेर्दै थिए। त्यहाँ भन्दै हुनुहुन्थ्यो, यति खेरसम्म अमुक देश किन मौन बसेको हो ? यो मौनता मलाई ठ्याम्मै पचेन है। हामीलाई समर्थन चाहियो नि हामी सडकमा गइरहेका छौं। एउटा देश चुप लागेर बस्न मिल्छ ?

प्रचण्डले केही समय अघि एक टेलिभिजन अन्तर्वार्तामा भारतले नेपालको मामिलामा बोल्नुपर्ने भन्दै सार्वजनिक रुपमा टिप्पणी दिनु भएको थियो। सोही विषयप्रति मन्त्री ज्ञवालीले असन्तुष्टि पोख्नु भएको हो।

घरभित्र समस्या आउन सक्छ तर छलफल गर्न सकिने बताउँदै उहाले यस्तो कुरामा बाह्य शक्ति निम्त्याउनु दुःखद भएको स्पष्ट पार्नुभयो। ‘घरभित्र समस्या आउन सक्छ,’ उहाले भन्नुभयो, ‘त्यस्तो कुरा बाहिर आइसकेपछि केही नेताहरुको कहिल्यै तृप्त नहुने महात्वाकांक्षा रहेको छ। यसमा जनता बलि चढ्दैनन् भन्ने विश्वास छ।’

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...