News Portal

ईश्वर पोखरेल भन्छन- प्रचण्डको प्रधानमन्त्री र माधवको अध्यक्ष बन्ने हुटहुटीले पार्टी यो अवस्थामा पुग्यो

हिमालीसंचार संवाददाता
४२० पटक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका नेता एंव उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुई व्यक्तिको पदको महत्वकांक्षाले पार्टी यो अवस्थामा आइपुगेको बताउनु भएको छ। उहाले पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने र माधवकुमार नेपालको अध्यक्ष बन्ने हुटहुटीले यो अवस्था सिर्जना भएको बताउनु भएको हो।

नेकपा राजधानी मजदुर विशेष जिल्ला कमिटीको आयोजनामा भएको भेलालाई सम्बोधन गर्दै उहाले प्रचण्ड एकताको शुरुमै कब्जाको रणनीति रहेको थियो। उपप्रधानमन्त्री पोखरेलले निर्वाचनमा सहकार्य गरेको तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेससँग सहमति गरेर सरकार बनाउन लागिपरहेको रहस्य पनि खुलेको बताउनु भयो।

नवौ महाधिवेशनमा अध्यक्षमा पराजित नेपालपनि अध्यक्ष बन्नका लागि प्रचण्डको पछाडी लागेको खुलाउनु भयो। ‘अध्यक्ष, प्रधानमन्त्रीबाट हटाउने र कब्जा गर्नेबाट निर्देशित भएर यो काम गर्न खोज्दा संकट आएको हो’, उहाले भन्नुभयो, ‘यो कुरा जनताको बिचमा लैजानुपर्छ।

उहाले पार्टी विधि र पद्धतिबाट चल्ने बताउदै कब्जाको राजनीति छाड्न आग्रहसमेत गर्नुभयो। पार्टी एकता जोगाउन आफुहरु सक्रिय रहेपनि फुटाउनका लागि विदेश शक्ति सक्रिय रहेकाबेला प्रचण्ड–नेपाल समुहले सो शक्तिलाई सहयोग गरेकोसमेत बताउनु भयो।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...