News Portal

ईश्वर पोखरेल भन्छन- प्रचण्डको प्रधानमन्त्री र माधवको अध्यक्ष बन्ने हुटहुटीले पार्टी यो अवस्थामा पुग्यो

हिमालीसंचार संवाददाता
३६४ पटक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीका नेता एंव उपप्रधानमन्त्री ईश्वर पोखरेलले दुई व्यक्तिको पदको महत्वकांक्षाले पार्टी यो अवस्थामा आइपुगेको बताउनु भएको छ। उहाले पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री बन्ने र माधवकुमार नेपालको अध्यक्ष बन्ने हुटहुटीले यो अवस्था सिर्जना भएको बताउनु भएको हो।

नेकपा राजधानी मजदुर विशेष जिल्ला कमिटीको आयोजनामा भएको भेलालाई सम्बोधन गर्दै उहाले प्रचण्ड एकताको शुरुमै कब्जाको रणनीति रहेको थियो। उपप्रधानमन्त्री पोखरेलले निर्वाचनमा सहकार्य गरेको तत्कालिन नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेससँग सहमति गरेर सरकार बनाउन लागिपरहेको रहस्य पनि खुलेको बताउनु भयो।

नवौ महाधिवेशनमा अध्यक्षमा पराजित नेपालपनि अध्यक्ष बन्नका लागि प्रचण्डको पछाडी लागेको खुलाउनु भयो। ‘अध्यक्ष, प्रधानमन्त्रीबाट हटाउने र कब्जा गर्नेबाट निर्देशित भएर यो काम गर्न खोज्दा संकट आएको हो’, उहाले भन्नुभयो, ‘यो कुरा जनताको बिचमा लैजानुपर्छ।

उहाले पार्टी विधि र पद्धतिबाट चल्ने बताउदै कब्जाको राजनीति छाड्न आग्रहसमेत गर्नुभयो। पार्टी एकता जोगाउन आफुहरु सक्रिय रहेपनि फुटाउनका लागि विदेश शक्ति सक्रिय रहेकाबेला प्रचण्ड–नेपाल समुहले सो शक्तिलाई सहयोग गरेकोसमेत बताउनु भयो।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...