News Portal

चुनाव हारेका वामदेव राष्ट्रियसभा बैठकमा

नेकपामा तीन कित्ता छन्, त्यसमा एउटा मेरो हो : वामदेव गौतम

हिमालीसंचार संवाददाता
४५४ पटक

काठमाडौं – गत प्रतिनिधिसभामा बर्दिया क्षेत्र नं.१ बाट पराजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतम पहिलोपटक राष्ट्रियसभा बैठकमा सहभागी भएका छन्।

संसद स्थगित रहेको समयमा मनोनित गरिएका गौतम शुक्रबारबाट सुरु भएको हिँउदे अधिवेशनमा पहिलोपटक सहभागी भएका हुन्। गत प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्।

राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले नेकपामा अहिले तीन कित्ता रहेको बताएका छन्। शुक्रबार पहिलोपटक राष्ट्रियसभा बैठकमा सहभागी भएका गौतमले पत्रकारहरूको जिज्ञासामा नेकपाको पछिल्लो राजनीतिबारे प्रतिक्रिया दिएका हुन्।

‘नेकपामा अहिले तीन कित्ता छन्, त्यसमा एक मेरो हो,’ गौतमले भने,‘दुई समूहका दुई कित्ता भइहाले। अझै पनि पार्टीलाई मिलाएर जानुपर्छ भन्ने मेरो कित्ता हो। मलाई दशौं हजार मान्छेले फोन गरेर पार्टी एकता जोगाउनुस् भनिरहेका छन्।

प्रतिनिधिसभा विघटनको भने आफू विपक्षमा रहेको वामदेवले बताए। धेरै सांसदलाई यो कुरा चित्त नबुझेको उनको भनाइ छ। प्रतिनिधिसभा विघटनको विपक्षमा भएपनि आफू नेकपाको प्रचण्ड-नेपाल समूहमा भने नजाने उनले जानकारी दिए।

’आज बिहानको भेटमा प्रचण्डजीले तपाईं हामीतिर आउनुस् भन्नुभयो। मैले आउँदिनँ भनें,’ वामदेवले भने। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई दिनदिनै बोलाउने बताए। उनले निर्वाचन आयोगबाट आधिकारिक रूपमा निर्णय नभएसम्म नेकपा फुटेको नमानिने भएकाले आफू पार्टी एकताका पक्षमा लागिरहने बताए।

प्रतिकृया दिनुहोस्

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...