News Portal

  • चुनाव हारेका वामदेव राष्ट्रियसभा बैठकमा

    नेकपामा तीन कित्ता छन्, त्यसमा एउटा मेरो हो : वामदेव गौतम

    हिमालीसंचार संवाददाता
    ३८३ पटक

    काठमाडौं – गत प्रतिनिधिसभामा बर्दिया क्षेत्र नं.१ बाट पराजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष एवं राष्ट्रियसभा सदस्य वामदेव गौतम पहिलोपटक राष्ट्रियसभा बैठकमा सहभागी भएका छन्।

    संसद स्थगित रहेको समयमा मनोनित गरिएका गौतम शुक्रबारबाट सुरु भएको हिँउदे अधिवेशनमा पहिलोपटक सहभागी भएका हुन्। गत प्रतिनिधिसभा निर्वाचनमा बर्दियाबाट पराजित गौतमलाई नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोज १ गते राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्।

    राष्ट्रियसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले नेकपामा अहिले तीन कित्ता रहेको बताएका छन्। शुक्रबार पहिलोपटक राष्ट्रियसभा बैठकमा सहभागी भएका गौतमले पत्रकारहरूको जिज्ञासामा नेकपाको पछिल्लो राजनीतिबारे प्रतिक्रिया दिएका हुन्।

    ‘नेकपामा अहिले तीन कित्ता छन्, त्यसमा एक मेरो हो,’ गौतमले भने,‘दुई समूहका दुई कित्ता भइहाले। अझै पनि पार्टीलाई मिलाएर जानुपर्छ भन्ने मेरो कित्ता हो। मलाई दशौं हजार मान्छेले फोन गरेर पार्टी एकता जोगाउनुस् भनिरहेका छन्।

    प्रतिनिधिसभा विघटनको भने आफू विपक्षमा रहेको वामदेवले बताए। धेरै सांसदलाई यो कुरा चित्त नबुझेको उनको भनाइ छ। प्रतिनिधिसभा विघटनको विपक्षमा भएपनि आफू नेकपाको प्रचण्ड-नेपाल समूहमा भने नजाने उनले जानकारी दिए।

    ’आज बिहानको भेटमा प्रचण्डजीले तपाईं हामीतिर आउनुस् भन्नुभयो। मैले आउँदिनँ भनें,’ वामदेवले भने। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफूलाई दिनदिनै बोलाउने बताए। उनले निर्वाचन आयोगबाट आधिकारिक रूपमा निर्णय नभएसम्म नेकपा फुटेको नमानिने भएकाले आफू पार्टी एकताका पक्षमा लागिरहने बताए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन

    काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र...

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति...