News Portal

गणतन्त्र र संघीयता फेल भइसकेकोले राजासहितको प्रजातन्त्र – कमल थापा

हिमालीसंचार संवाददाता
४०९ पटक

काठमाडौं – संसद विघटनविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन तथा विरोध सभा गरेको छ। राजतन्त्र पुनःस्थापना तथा हिन्दू राष्ट्रको माग गर्दै राप्रपाले प्रदर्शन गरेको हो। सभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र तथा संघीयता फेल भइसकेकोले देशमा राजसंस्थासहितको प्रजातन्त्र ल्याउनुपर्ने माग गर्नुभयो।

राजसंस्था तथा हिन्दूराष्ट्र पुनःस्थापनाका लागि राप्रपा निरन्तर सडक संघर्षमा लागने उहाँको भनाइ थियो। नेकपा, नेपाली कांँग्रेसलगायतका दलले जनविश्वास गुमाइसकेको र जनताको अपेक्षा अनुरुप काम गर्न नसकेको आरोप पनि उहाँको थियो।

राप्रपाले जनतासँग मिलेर सडकबाटै राजसंस्था तथा हिन्दू राष्ट्रको पुनःस्थापना गर्ने दावी पनि उहाँको थियो। संसद विघटन गरेर प्रधानमन्त्रीले जनताको विश्वासमाथि कुठाराघात गरेको भन्दै अब जुनसुकै किसिमको संघर्ष गर्न तयार रहन उनले आहवान गर्नुभयो।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...