News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • जेनेरेसन ‘भेरियन्ट १’, नेपालमा परीक्षण नै सम्भव छैन

    हिमालीसंचार संवाददाता
    ३६३ पटक

    काठमाडौ- कोरोनाभाइरसविरुद्धको खोपको विकास हुदै गर्दा नयाँ भनिएको भाइरसको संक्रमण एकपछि अर्को मुलुकमा फैलन थालेको छ। बेलायतबाट सुरु भएको नयाँ भाइरस मंगलबारसम्म १३ देशमा फैलिइसकेको छ । बेलायतबाट नेपाल आएका पाँचजनामा सोमबार कोरोनाभाइरसको संक्रमण देखियो । तर, यो नयाँ प्रकृतिको भाइरस हो–होइन भन्ने पुष्टि भइनसकेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

    विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नयाँ भाइरसलाई कोभिड–१९ कै परिमार्जित प्रकृतिको भाइरसको रुपमा परिभाषित गरेको छ । डिसेम्बरको पहिलो साताबाट सुरु भएको भाइरसबारे संगठनले २२ डिसेम्बरमा विज्ञप्ति जारी गर्दै नयाँ प्रकृतिको भाइरस फेला परेको पुष्टि गरेको थियो । जसको नाम सार्स कोभ २ दिइएको छ। यो भाइरसलाई सार्स कोभ २ भीयूआई २०२०–१२–०१ (सन् २०२० को १२औँ महिनामा देखिएको भाइरसको भेरियन्ट १) शीर्षकमा अनुसन्धान गरिरहेको विश्व स्वास्थ्य संगठनको विज्ञप्तिमा जनाइएको छ ।

    नयाँ भाइरस अर्थात् भेरियन्ट १ कोभिड–१९ को तुलनामा धेरै छिटो फैलने संगठनले भाइरस पुष्टि गरेकै समयमा जनाएको थियो । दक्षिण पूर्वी इंग्ल्यान्डमा विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनमा ६० वर्षमाथिका अधिकांश कोरोना संक्रमितमा भेरियन्ट १ देखिएको थियो ।

    अष्ट्रेलिया, आइल्यान्ड, डेनमार्क, इटाली र नेदरल्यान्ड्समा यसको संक्रमण धेरै देखिएको भए पनि विश्वका सबै देशलाई रोकथामको तयारीमा जुट्न डब्लूएचओले आह्वान गरेको छ ।

    विश्व स्वास्थ्य संगठनले भेरियन्ट १ को संक्रमण पत्ता लगाउन स्पाइक जिन पत्ता लगाउनसक्ने किट प्रयोग गर्न सुझाएको छ । स्पाइक जिन भनेको भाइरसको सर्ने गति हो । अर्थात् कति छिटो एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ भन्ने कुरा स्पाइक जिनमा निर्भर गर्दछ । यो परीक्षण सामान्य पीसीआर किटबाट सम्भव हुँदैन । त्यसका लागि पीसीआरपछि पनि जिन सिक्वेन्सिङ गर्न संगठनले सुझाएको छ ।

    जिन सिक्वेन्सिङ पीसीआरसँगै विशेष रोगको पहिचानका लागि गरिने परीक्षण हो । भेरियन्ट १ को परीक्षणका लागि पीसीआर गरिसकेपछि जिन सिक्वेन्सिङ गरेर थप रोगको वर्गीकरण गर्न सकिन्छ ।

    नेपालमा हालसम्म जिन सिक्वेन्सिङ परीक्षणको अभ्यास नभएको केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले बताइन् । भेरियन्ट १ पहिचानका लागि जिन सिक्वेन्सिङ परीक्षण गर्नुपरेमा मन्त्रालयले विशेष किटको व्यवस्था गर्नुपर्ने हुन्छ । सुरुआती चरणमा कोभिड–१९ को परीक्षणका लागि पनि नमुना हङकङ पठाइएको थियो ।

    वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अधिकांश सरुवा रोगहरुको भाइरस निश्चित चरणमा पुगेपछि म्युटेसन हुने गर्दछ । अर्थात् भाइरसले रुप परिवर्तन गर्दै जान्छ । यस्तो प्रकृतिका भाइरसहरु अत्यन्तै तीव्र गतिमा व्यक्तिको शरीरमा प्रवेश गर्छन् । यसरी तीव्र स्पाइक जिन भएका भाइरस एक व्यक्तिबाट अर्कोमा सर्र्दा यसको असर गर्ने क्षमता ७० प्रतिशतसम्म वृद्धि हुन्छ । अर्थात् जति धेरै मनिसमा भाइरस फैलियो, त्यति नै भाइरसले गर्ने असर बढ्दै जान्छ । यसैअनुसार नयाँ प्रकृतिको भाइरसको असर अहिले देखिएका मुलुकहरुमा उच्च रहेको आँकलन गरिएको हो। रासस 

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ ४, २०८२ (मे १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आजको राशिफल

    आज जेठ ३, २०८२ (मे १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रवि लामिछाने र छविलाल जोशीलाई सुनुवाइको जानकारी तत्काल दिन उच्च अदालतको आदेश

    पोखरा, जेठ २ – सहकारी ठगी र सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका पूर्व सञ्चारकर्मी रवि...

    रवि लामिछाने पक्षले आफैंले सारेको मुद्दा ‘थाहा पाइनँ’ भन्दै इजलासमै विवाद

    पोखरा, जेठ २ – सुर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दामा उच्च अदालत पोखरामा शुक्रबारको सुनुवाइका क्रममा पूर्वगृहमन्त्री...

    चितवनको किसान टोलमा पारिवारिक शोक: डिप्रेसनको उपचारमा रहेका पूर्वसैनिक लिलाराज गिरीले गरे छोरी र भतिजाको हत्या, आफैंमाथि प्रहार

    चितवन, जेठ २ – भरतपुर महानगरपालिका–२५, किसान टोलमा बिहीबार बिहान एक अत्यन्तै मार्मिक र शोकपूर्ण...