News Portal

नेकपाको सिन्धुली कार्यालय बन्द

हिमालीसंचार संवाददाता
३१९ पटक

सिन्धुली – देशैभर पार्टी कार्यालय कब्जाको होडमा रहेका नेकपा ओली समूह र दाहाल–नेपाल समूहले सिन्धुलीमा भने निर्वाचन आयोगबाट आधिकारिकता नपाएसम्म कार्यालय प्रयोग नगर्ने सहमति गरेका छन् । पार्टी र चिन्हको आधिकारिकता नपाउन्जेल दुवै पक्षले पार्टी कार्यालय नखोल्ने निर्णय भएको दाहाल–नेपाल समूहका नेता लेखनाथ दाहालले बताए ।

दुवै पक्षले आइतबार एकै समयमा पार्टी कार्यालयमा कार्यक्रम राखेपछि मुठभेड हुन नदिनका लागि सहमति गरेको जनाइएको छ । चार दिन अगाडि कमलामाई नगरपालिका ६ स्थित नेकपा पार्टी कार्यालयमा ओली पक्षले ताला लगाइ कब्जा गरेको जनाएको थियो । दुवै पक्षले एकैसमय र स्थानमा कार्यक्रम राख्दा झडपको संभावना बढेपछि आइतबार बिहानैदेखि सुरक्षाकर्मीले घेरा हालेर बसेका थिए । प्रहरीले दुवै पक्षलाई पार्टी कार्यालय छिर्न दिएनन् ।

पार्टी कार्यालयको चाबी आफूहरुसँग पनि भएकाले ओली पक्षबाट कब्जा नभएको जिकिर गर्दै दाहालले सहमति गरी मुठभेड टारेको बताए । सूर्य चिन्ह र पार्टीको आधिकारिकतो पाउनेकै पार्टी कार्यालय पनि हुने उनले बताए । ओली समूहका केन्द्रिय सदस्य प्रदिप कटुवाले पनि दुवै पक्षले पार्टी कार्यालयमा एकै समयमा कार्यक्रम राखेकाले झडप हुन नदिन सहमति गरेको बताए ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...