News Portal

प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव गौतम

हिमालीसंचार संवाददाता
४३२ पटक

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनाैपचारिक रूपले विभाजित भएपछि पहिलाेपल्ट नेकपा प्रचण्ड-नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेट्न साबिक नेकपाका उपाध्यक्ष वामदेव गौतम खुमलटार पुगेका छन्।

नेता वामदेव गौतम नेकपाको पचण्ड-नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार पुगेका हुन्। शनिबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा दुवै नेताबीच भेटवार्ता भएको खुमलटार स्रोतले जनाएको छ।

सत्तारुढ नेकपाको विभाजनपछि कतै पनि नखुलेका नेता गौतम केही समय गफिएर फर्किएका छन्। पार्टी विभाजनपछि कतै पनि नगएका गौतम किन खुमलटार पुगे भन्नेबारेमा केही खुलेको छैन।

पार्टी विभाजनपछि दुवै समूहमा नलागेका गौतमले केही दिनअघि माधवकुमार नेपालसहितका नेताहरुसँगको भेटमा आफूले केही समय सोचेर मात्रै निर्णय लिने बताएका थिए।

आजको भेटमा पनि गौतमलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरे पनि उपाध्यक्ष गौतमले यसबारे कुनै जवाफ नदिएको खुमलटारस्रोतले बताएको छ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...