News Portal

प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव गौतम

हिमालीसंचार संवाददाता
४८५ पटक

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनाैपचारिक रूपले विभाजित भएपछि पहिलाेपल्ट नेकपा प्रचण्ड-नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ भेट्न साबिक नेकपाका उपाध्यक्ष वामदेव गौतम खुमलटार पुगेका छन्।

नेता वामदेव गौतम नेकपाको पचण्ड-नेपाल खेमाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार पुगेका हुन्। शनिबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा दुवै नेताबीच भेटवार्ता भएको खुमलटार स्रोतले जनाएको छ।

सत्तारुढ नेकपाको विभाजनपछि कतै पनि नखुलेका नेता गौतम केही समय गफिएर फर्किएका छन्। पार्टी विभाजनपछि कतै पनि नगएका गौतम किन खुमलटार पुगे भन्नेबारेमा केही खुलेको छैन।

पार्टी विभाजनपछि दुवै समूहमा नलागेका गौतमले केही दिनअघि माधवकुमार नेपालसहितका नेताहरुसँगको भेटमा आफूले केही समय सोचेर मात्रै निर्णय लिने बताएका थिए।

आजको भेटमा पनि गौतमलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरे पनि उपाध्यक्ष गौतमले यसबारे कुनै जवाफ नदिएको खुमलटारस्रोतले बताएको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...