News Portal

कम्युनिष्ट एकताको पक्षमा छु : महरा

हिमालीसंचार संवाददाता
४०६ पटक

पाण्डव शर्मा घोराही – निर्वतमान सभामुख कृष्णबहादुर महराले आँफू बृहत् कम्युनिष्ट एकताको पक्षमा रहेको बताउनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक नेता माणिकलाल गौतमको १३ औं दिनको पुन्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभालाई संवोधन गर्दै उहाँले आँफू बृहत् कम्युनिष्ट एकताका लागि निरन्तर लाग्ने बताउनुभयो।

‘म बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकताको पक्षमा छु,’ उहाँले भन्नुभयो, ‘म कहाँ रहन्छु भन्ने कुरा महत्वपूर्ण होइन, मेरो आर्दश र सिद्धान्त नै बृहत् कम्युनिष्ट एकता, वामपन्थी एकता र समग्र राष्ट्रिय एकता हो।

उहाँले अहिले देश दुई धुब्रमा विभाजित भएको उल्लेख गर्दै बहस र छलफलकै माध्यमबाट नयाँ निष्कर्ष निकाल्न सकिने धारणा व्यक्त गर्नुभयो। नेपालमा अहिले भइरहेको घटनाक्रममा अन्र्तराष्ट्रिय शक्ति केन्द्रहरुको हात भएको समेत उहाँले संकेत गर्नुभयो।

‘अहिले भइरहेका घटना नेपालीको काबुभित्र मात्रै छैन,’ महराले भन्नुभयो, ‘देशभन्दा बाहिर धेरै परको डिजाइनबाट यो चलखेल भइहेको छ।’ अहिले नेकपा विभाजित भइनसकेपनि विभाजनको संघारमा पुगेको उहाँले बताउनुभयो।

‘हामी केही समय विभाजित हुन सक्छौं, तर हामी विभाजित मानसिकतामा रहनुहुँदैन।’ छलफल र बहसलाई तुषको रुपमा नभएर स्वच्छरुपमा अगाडी लैजानुपर्ने महराको भनाई छ। उहाँले अहिलेको अवस्थामा प्रतिकृयावादीहरुको विरुद्धमा लाग्दै जनताको सेवा गर्नुपर्र्ने धारणा व्यक्त गर्नुभयो।

यस्तो अवस्थामा साना कुरामा अल्झन नहुने महराले बताउनुभयो। नेपाली कम्युनिष्ट आन्दोलनमा माणिकलाल गौतमका योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै उहाँले सच्चा कम्युनिष्टहरु एकता र सहकार्यको पक्षमा लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...