काठमाडौं – प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध कीर्तिपुरमा मसाल जुलुस निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को कीर्तिपुर नगर कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जुलस निकालेको हो ।
नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरको संयोजनमा प्रदर्शन निकालिएको भनिएको छ । जुलुसपछि सम्बोधन गर्दै मानन्धरले भनेका छन्, ‘प्रधानमन्त्री ओलीको कदम गैरसंवैधानिक र गैरराजनीतिक छ, यो निर्णय सच्याइनुपर्छ ।