News Portal

  • विद्यादेवी भण्डारी राष्ट्रपति होइन, ओलीको सदस्य मात्र : गगन थापा

    हिमालीसंचार संवाददाता
    ३३९ पटक

    काठमाडौं – प्रमुख विपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको सनकको शिकार संसद भएको बताएका छन् । राष्ट्रपति पनि प्रधानमन्त्रीको अपराधको साक्षी मात्र नभएर साझेदार बनेको उनको आरोप छ ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरेको विरोधमा आइतबार साँझ नयाँ बानेश्वरमा आयोजित सभामा थापाले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को झगडा र प्रधानमन्त्रीको अहंकारको शिकार संसद भएको बताए । उनले भने, ‘हाम्रो दुर्भाग्य, नेपालले एउटा अयोग्य र असक्षम व्यक्तिलाई प्रधानमन्त्री आयो, जसको अहंकारको शिकार संसद र संविधान बनेको छ ।

    प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने व्यवस्था अहिलेको संविधानमा नभएको उनले बताए । केहीले २०४७ को संविधानको आधारमा कांग्रेसले २०४८ मा मध्यावधी निर्वाचन गरेको तर्क गरेको भन्दै सांसद थापाले भनेका छन्, ‘यसैगरी संसद विघटन गर्ने अवस्था नआओस्, यस्तो सन्काह बहुलठ्ठी प्रधानमन्त्रीले कुनै दिन संसद विघटन गर्ला भनेर जोगाउने धारा लेखेका छौं ।’

    संसदले प्रधानमन्त्री छान्न सकेन वा भएको प्रधानमन्त्रीले विश्वासको मत गुमाए मात्र संसद विघटनको अवस्था आउन सक्ने उनले बताए । यति स्पष्टसँग लेख्दालेख्दा प्रधानमन्त्री ओलीले गरेको संसद विघटनको सिफारिस राष्ट्रपतिले सदर गरेको भन्दै उनले अघि भने, ‘राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि तपाई र मेरो राष्ट्रपति होइन, केपी शर्मा ओली ग्याङका एक सदस्य मात्र हुन् ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...

    पोस्टमार्टमपछि ५१ मृतकमध्ये शव परिवारलाई सुम्पियो

    काठमाडौं, भदौ २७ – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको शव पोस्टमार्टम पछि परिवारलाई हस्तान्तरण...