News Portal

आफ्नै पार्टीका कार्यकर्ताले जलाए प्रधानमन्त्रीको पुत्ला

हिमालीसंचार संवाददाता
४०३ पटक

सप्तरी सप्तरीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । संसद विघटन गरेको विरोधमा सदरमुकाम राजविराजमा नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । संसद विघटन गरेर ओलीले असंवैधानिक कदम चालेको उनीहरुको भनाइ थियो ।

उनीहरुले राजविराजको मदन चोकस्थित नेकपा पार्टी कार्यालयबाट विरोध प्रदर्शन सुरु गरेका थिए । जनआन्दोलन चोकमा पुगेर उनीहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका थिए ।पुत्ला जलाएपछि आयोजित कोणसभामा बोल्दै नेताहरुले ओलीले असंवैधानिक कदम चालेर निरंकुशता लाद्न खोजेको भन्दै आन्दोलनको विकल्प नभएको बताएका थिए ।

जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य रामप्रित पासवान, जिल्ला अध्यक्ष अशोककुमार मण्डल, जिल्ला सचिव एवं प्रदेश सांसद गोविन्द न्यौपाने, पूर्वमन्त्री उमेश यादव, नेताहरु महेशप्रसाद यादव लगायतले ओलीको कदमविरुद्ध निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...