News Portal

  • राष्ट्रपति भण्डारीलाई ८३ सांसदले लेखेको पत्रमा के थियो ?

    हिमालीसंचार संवाददाता
    ४०५ पटक

    काठमाडौं – बुधबार संसद्को विशेष अधिवेशन बोलाउन माग गर्दै सत्तारुढ दल नेकपाकै सांसदहरुले राष्ट्रपति विद्यादेवी भण्डारी विद्यादेवी भण्डारीलाई अनुरोध पत्र लेखेका थिए। ८३ सांसदको हस्ताक्षर लिएर नेकपा स्थायी समिति सदस्य भीम रावल र पम्फा भुसाल शितल निवास पुगे पनि पत्र दर्ता भने भएन।

    ८३ जनाको हस्ताक्षरसहितको पत्र लिएर पाउने १ बजे राष्ट्रपति कार्यालय शीतल निवास पुगेका नेकपा नेता भीम रावल र पम्फा भुसाल समावेदन दर्ता नगरी साँझ ६ बजे नेकपाको बैठक सकिएपछि फर्किएका थिए। नेकपा बैठकमा सरकारले अध्यादेश फिर्ता लिने र प्रचण्ड–माधव समूहले समावेदन प्रक्रिया रोक्ने निर्णय भएपछि नेता रावल समावेदन दर्ता नगराई फर्केका हुन्।

    जनताका माग आकांक्षा र भावना मुखरित र सम्बोधन गर्ने प्रतिनिधि सभाको नियमित बैठक बोलाउनुपर्ने समय भइसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले हठात संवैधानिक परिषद (काम कर्तर्वय र अधिकार) ऐन २०६६ लाई संशोधन गर्न मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गर्नु भई सो अध्यादेश जारी भएकाले यस्तो संवेदनशील विषयमा संसदमा छलफल गर्नु अपरिहार्य भएको छ,’ पत्रमा भनिएको छ।

    पत्रमा २०७४ को आम निर्वाचनपछि ओलीको नेतृत्वमा बनेको सरकारले देश र जनताका सामु रहेका चुनौतीहरुको सन्दर्भमा कुशलता साथ काम गर्ने अपेक्षा गरिएको तर, त्यस्तो हुन नसकेको उल्लेख गरएको छ। यस्तै कोरोना महामारी लगायतका जनजीविकाका विषयमा संसदमा छलफल गर्नुपर्ने आवश्यकता भइरहेका बेला सरकारले हठात अध्यादेश ल्याएको भन्दै ती विषयमाथि छलफल गर्न आवश्यक भएकाले विशेष अधिवेशन बोलाउन माग गरिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    देश चलाउने र जलाउने एउटै समूहमा भएको ओलीको टिप्पणी

    काठमाडौं, कार्तिक २३ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आन्दोलन गर्ने र सत्ता...

    भाटभटेनी सुपरमार्केट मर्मत गर्दा दुर्घटना, एकको मृत्यु

    काठमाडौं, कार्तिक २३ – काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केट मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको...