News Portal

भीम रावललाई केपी ओलीको प्रश्न – कसको इजाजत लिएर शीतलनिवास जानुभो ?

हिमालीसंचार संवाददाता
४८० पटक

काठमाण्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेता भीम रावललाई टेलिफोन गरेर कसको इजाजत लिएर शीतलनिवास गएको भन्ने प्रश्न गरेका छन् ।

बुधबार साँझ ओलीले रावललाई फोन गरेर यस्तो प्रश्न गरेका थिए । जवाफमा रावलले आफ्नो अधिकार भएकाले कसैको इजाजत लिइरहनु नपर्ने बताएका थिए ।

बुधबार दिउँसो पौने १ बजेतिर भीम रावल र पम्फा भुसाल संसदको विशेष अधिवेशनको माग गर्दै सा‌ंसदहरुको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा पत्र दर्ता गराउन गएका थिए । पत्रमा नेकपाका ८३ सांसदको हस्ताक्षर थियो । तर, राष्ट्रपति कार्यालयले पत्र दर्ता नगरेपछि रावल र भुसाल साँझसम्मै शीतल निवासमा बसेका थिए । उनीहरु सवा ६ बजेतिर स्थायी कमिटीको बैठक सकिएपछि मात्रै शीतलनिवासबाट फर्किए ।

रावल र भुसाल पत्र लिएर शीतल निवास पुगेपछि केपी ओली पक्षका नेताहरुमा हल्लीखल्ली मच्चिएको थियो । शंकर पोखरेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र राजन भट्टराई लगायतका नेताहरु अब सरकार पनि ढल्ने भयो र पार्टी सकिने भो भन्ने निश्कर्षमा पुगेर निराश देखिएका थिए ।

तर, बेलुकासम्म अध्यादेश पनि फिर्ता गर्ने र राष्ट्रपति कार्यालयमा पुर्‍याइएको निवेदन पनि फिर्ता हुने सहमति जुटेपछि निराश बनेका नेताहरु आशावादी बनेको एक नेताले बताए ।

अन्ततः विशेष अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा पत्र पुगेपछि नै केपी ओली गलेको र अध्यादेश फिर्ता लिन बाध्य भएको एक नेताले दाबी गरे । रासस

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...