News Portal

  • भारत भ्रमण जादै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

    हिमालीसंचार संवाददाता
    ३४६ पटक

    काठमाडौँ – नेपाल र भारतबीच देखिएको सीमा विवाद सुल्झाउन परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली छिट्टै भारत भ्रमणमा जाने भएका छन्। दुई देशबीचको सम्बन्धमा चिसोपना आएको भन्दै सरकारको आलोचना भइरहेको बेला परराष्ट्रमन्त्री ज्ञवाली भारत भ्रमणमा निस्कन लागेका हुन्।

    भ्रमणका क्रममा नेपालभारतबीच देखिएको सीमा विवादका विषयमा छलफल हुने बताइएको छ। पछिल्लो दुई महिनाको अवधिमा भारतका तर्फबाट गुप्तचर प्रमुख सामन्त गोयल, सेना प्रमुख मनोज मुकुन्द नरवणे र पछिल्लो पटक विदेश सचिव हर्षवद्र्धन शृङ्गला नेपाल भ्रमण गरेर फर्किसकेका छन्।

    भारतीय विदेश मन्त्री डा. एस जयशंकरले पनि नेपाल भारत परस्पर सम्बन्ध अघि बढिसकेको बताएका छन्। बुधबार भारतइ पत्रिका ‘दी हिन्दु’ लाई अन्तरवार्ता दिँदै उनले नेपाल र भारतबीचमा विगतमा विवाद भए पनि पछिल्ला केही सातायता दुई देशले आपसी सम्बन्धलाई अघि बढाउने निर्णय गरिसकेको बताएका छन्। आजको नागरिकदैनिकमा समाचार छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    भीम रावलको अभियान नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदै

    काठमाडौँ, कार्तिक २४ — पूर्वएमाले उपाध्यक्ष भीम रावलले नेतृत्व गरेको ‘मातृभूमि जागरण अभियान, नेपाल’ अब...

    इक्वेडरको मचाला जेलमा दङ्गा : ३१ कैदीको मृत्यु

    क्विटो, कार्तिक २४  — इक्वेडरको मचाला जेलमा आइतबार भएको हिंसात्मक भिडन्तमा कम्तीमा ३१ कैदीको मृत्यु...

    काठमाडौंमा बुवाको हत्या आरोपमा छोरा पक्राउ

    काठमाडौं, कार्तिक २४ — काठमाडौं महानगरपालिका–१५ किमडोलमा बुवाको हत्या आरोपमा एक छोरा पक्राउ परेका छन्।...

    उर्जामन्त्री कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ नाममा दर्ता तयारी

    काठमाडौं, कार्तिक २४ — उर्जामन्त्री कुलमान घिसिङले नेतृत्व गर्ने नयाँ राजनीतिक दलको नाम “उज्यालो नेपाल”...

    आज २०८२ साल कार्तिक २४ गतेको राशिफल

    आज कार्तिक २४, २०८२ (नोभेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...