News Portal

झापा जिल्लाका नेकपा नेताहरू पार्टी एकताकै पक्षमा, जनमतको उपेक्षा नगर्न आग्रह

हिमालीसंचार संवाददाता
४०६ पटक

झापा – सत्तारुढ नेकपाको आन्तरिक विवाद यतिबेला उत्कर्षमा पुगेको छ। बुधवारको सचिवालय बैठकबाट केही समययता उत्कर्षमा पुगेको नेकपाको विवाद केही दिनका लागि साम्य भएको देखिन्छ। प्रचण्डको काउन्टरमा ओलीको कस्तो प्रस्ताव आउने हो भन्ने चासोको विषय बनेको छ । यही बिचमा झापा जिल्लाका कम्युनिस्ट नेताहरूले भने नेतृत्वलाई पार्टी एकता जोगाउनका लागि विभिन्न सुझाव दिएका छन् ।

बि.सं २०२८ सालमा सुरु भएको झापा बिद्रोह नै पूर्वीय कम्युनिष्टहरुको अभ्यास स्थल बन्न पुग्यो। समय चक्रसँगै राजनीतिक चक्र पनि घुम्दै फिर्दै गयो । यस बिचमा देशभित्र कम्युनिस्टहरू फुट्ने र जुट्ने क्रम चलिनै रह्यो । पछिल्लो पटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच एकता भयो र नेपाल कम्युनिस्ट पार्टी नेकपा बन्न पुग्यो । तर एकताको धेरै समय बित्न नपाउँदै पार्टीभित्र देखिएको आन्तरिक कलह पार्टी विग्रहको दिशातर्फ मोडिन थालेको छ ।

यस बिचमा झापाली नेताहरू पार्टी एकता जोगाउन नेतृत्वलाई विभिन्न सुझाव दिइरहेका छन् । नेकपा झापाका इन्चार्ज रबिन कोइराला पार्टी एकता जोगाउन दुई अध्यक्ष नै जिम्मेवार भएर लाग्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्, “नेतृत्वले जनमतको कदर गर्न सिक्नुपर्छ । यदि त्यसो भएन भने मुलुक मात्रै हैन सिङ्गो नेकपा नै गम्भीर दुर्घटनामा पर्न सक्छ ।”

कुनै समय थियो नेपालका कम्युनिस्टहरूलाई झापाली भनेर चिनिन्थ्यो। सशस्त्र रूपमा झापाबाट सुरु भएको कम्युनिस्ट विद्रोहले आज शान्तिको बाटो अपनाइसकेको छ । बि.सं २०२८ सालमा सुरु भएको झापा बिद्रोह नै पूर्वीय कम्युनिष्टहरुको अभ्यास स्थल बन्यो । समय चक्रसँगै राजनीतिक चक्र पनि घुम्दै फिर्दै गयो । यस बिचमा देशभित्र कम्युनिस्टहरू फुट्ने र जुट्ने क्रम चलिनै रह्यो ।

पछिल्लो पटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच एकता भयो र नेपाल कम्युनिस्ट पार्टी नेकपा बन्न पुग्यो । तर एकताको धेरै समय बित्न नपाउँदै पार्टीभित्र देखिएको आन्तरिक कलह पार्टी विग्रहको दिशातर्फ उन्मुख भएको छ।

नेकपाको तल्लो तहका नेता कार्यकर्ता भने पार्टी विग्रह भन्दा पनि एकताकै पक्षमा उभिएका छन् । नेकपा झापाका नेता एवम् प्रदेश १ को प्रदेश कमिटी सदस्य समेत रहेका झलकसिंह दर्लामी नेतृत्वले आ-आफ्नो गल्ती कमी कमजोरीलाई सच्याएर छलफलबाटै निकास निकाल्नुपर्ने सुझाव दिएका छन् ।

नेकपा झापाका अध्यक्ष चिन्तन पाठक पार्टी एकतालाई जोगाउनका निम्ति पार्टीको मूल मर्मलाई दुवै अध्यक्षले बोक्नुपर्ने बताउँछन् । दुई नेताबिचको विवाद पार्टीभित्र झगडाको बिउ बनाउन नहुनेमा उनको सुझाव छ ।

यस्तै पार्टी कुनै हालतमा फुट्न नहुने र नेतृत्वले सही समयमा सही निष्कर्ष निकाल्नुपर्नेमा जोड दिन्छन् नेपाल कम्युनिस्ट पार्टी नेकपाका झापाली नेता एवम् पार्टीको प्रदेश कमिटी सदस्य गगन पुरी ।

तर पछिल्ला केही महिना यता चुम्बकका समान ध्रुवहरू एकैतिर हुँदा विकर्षण हुन्छ भनेझैँ भइरहेको छ । यस्तो अवस्थाका बिच पटक पटक पार्टी फुटको सँघारमै पुग्यो भनेर प्रचार भइरहँदा कम्युनिष्टहरुको उर्वर भूमि मानिएको झापा जिल्लाबाट झापाका कम्युनिस्ट नेताहरूले नेतृत्वलाई दिएको सुझाव आत्मसाथ गर्लान् या नगर्लान् त्यो भने प्रतीक्षाकै विषय बन्नेछ ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...