News Portal

  • झापा जिल्लाका नेकपा नेताहरू पार्टी एकताकै पक्षमा, जनमतको उपेक्षा नगर्न आग्रह

    हिमालीसंचार संवाददाता
    ३१० पटक

    झापा – सत्तारुढ नेकपाको आन्तरिक विवाद यतिबेला उत्कर्षमा पुगेको छ। बुधवारको सचिवालय बैठकबाट केही समययता उत्कर्षमा पुगेको नेकपाको विवाद केही दिनका लागि साम्य भएको देखिन्छ। प्रचण्डको काउन्टरमा ओलीको कस्तो प्रस्ताव आउने हो भन्ने चासोको विषय बनेको छ । यही बिचमा झापा जिल्लाका कम्युनिस्ट नेताहरूले भने नेतृत्वलाई पार्टी एकता जोगाउनका लागि विभिन्न सुझाव दिएका छन् ।

    बि.सं २०२८ सालमा सुरु भएको झापा बिद्रोह नै पूर्वीय कम्युनिष्टहरुको अभ्यास स्थल बन्न पुग्यो। समय चक्रसँगै राजनीतिक चक्र पनि घुम्दै फिर्दै गयो । यस बिचमा देशभित्र कम्युनिस्टहरू फुट्ने र जुट्ने क्रम चलिनै रह्यो । पछिल्लो पटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच एकता भयो र नेपाल कम्युनिस्ट पार्टी नेकपा बन्न पुग्यो । तर एकताको धेरै समय बित्न नपाउँदै पार्टीभित्र देखिएको आन्तरिक कलह पार्टी विग्रहको दिशातर्फ मोडिन थालेको छ ।

    यस बिचमा झापाली नेताहरू पार्टी एकता जोगाउन नेतृत्वलाई विभिन्न सुझाव दिइरहेका छन् । नेकपा झापाका इन्चार्ज रबिन कोइराला पार्टी एकता जोगाउन दुई अध्यक्ष नै जिम्मेवार भएर लाग्नुपर्ने धारणा राख्छन् । उनी भन्छन्, “नेतृत्वले जनमतको कदर गर्न सिक्नुपर्छ । यदि त्यसो भएन भने मुलुक मात्रै हैन सिङ्गो नेकपा नै गम्भीर दुर्घटनामा पर्न सक्छ ।”

    कुनै समय थियो नेपालका कम्युनिस्टहरूलाई झापाली भनेर चिनिन्थ्यो। सशस्त्र रूपमा झापाबाट सुरु भएको कम्युनिस्ट विद्रोहले आज शान्तिको बाटो अपनाइसकेको छ । बि.सं २०२८ सालमा सुरु भएको झापा बिद्रोह नै पूर्वीय कम्युनिष्टहरुको अभ्यास स्थल बन्यो । समय चक्रसँगै राजनीतिक चक्र पनि घुम्दै फिर्दै गयो । यस बिचमा देशभित्र कम्युनिस्टहरू फुट्ने र जुट्ने क्रम चलिनै रह्यो ।

    पछिल्लो पटक नेकपा माओवादी केन्द्र र नेकपा एमालेबिच एकता भयो र नेपाल कम्युनिस्ट पार्टी नेकपा बन्न पुग्यो । तर एकताको धेरै समय बित्न नपाउँदै पार्टीभित्र देखिएको आन्तरिक कलह पार्टी विग्रहको दिशातर्फ उन्मुख भएको छ।

    नेकपाको तल्लो तहका नेता कार्यकर्ता भने पार्टी विग्रह भन्दा पनि एकताकै पक्षमा उभिएका छन् । नेकपा झापाका नेता एवम् प्रदेश १ को प्रदेश कमिटी सदस्य समेत रहेका झलकसिंह दर्लामी नेतृत्वले आ-आफ्नो गल्ती कमी कमजोरीलाई सच्याएर छलफलबाटै निकास निकाल्नुपर्ने सुझाव दिएका छन् ।

    नेकपा झापाका अध्यक्ष चिन्तन पाठक पार्टी एकतालाई जोगाउनका निम्ति पार्टीको मूल मर्मलाई दुवै अध्यक्षले बोक्नुपर्ने बताउँछन् । दुई नेताबिचको विवाद पार्टीभित्र झगडाको बिउ बनाउन नहुनेमा उनको सुझाव छ ।

    यस्तै पार्टी कुनै हालतमा फुट्न नहुने र नेतृत्वले सही समयमा सही निष्कर्ष निकाल्नुपर्नेमा जोड दिन्छन् नेपाल कम्युनिस्ट पार्टी नेकपाका झापाली नेता एवम् पार्टीको प्रदेश कमिटी सदस्य गगन पुरी ।

    तर पछिल्ला केही महिना यता चुम्बकका समान ध्रुवहरू एकैतिर हुँदा विकर्षण हुन्छ भनेझैँ भइरहेको छ । यस्तो अवस्थाका बिच पटक पटक पार्टी फुटको सँघारमै पुग्यो भनेर प्रचार भइरहँदा कम्युनिष्टहरुको उर्वर भूमि मानिएको झापा जिल्लाबाट झापाका कम्युनिस्ट नेताहरूले नेतृत्वलाई दिएको सुझाव आत्मसाथ गर्लान् या नगर्लान् त्यो भने प्रतीक्षाकै विषय बन्नेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...

    भन्सार गेट नजिकै लागुऔषधसहित पाँच जना नियन्त्रणमा

    सुनसरी, असार २० — भारतबाट किनेर ल्याइँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पाँच जना धरान...