News Portal

संसदको तेस्रो ठूलो दल जनता समाजवादीले फिर्ता गरेन सांसदहरूको दशैँ भत्ता

हिमालीसंचार संवाददाता
४४६ पटक

काठमाडौँ – कोरोना भाइरस (कोभिड-१९)को कहरले मुलुकको अर्थतन्त्रमा नकारात्मक प्रभाव पारेकोले कोरोना संक्रमितको उपचार खर्च धान्न नसक्ने भन्दै सरकारले जिम्मेवारीबाट हात झिक्यो। तर, कोरोनाको कहरले अर्थतन्त्रसँगै नागरिकको जीवनमा प्रत्यक्ष असर गरिरहेका बेला सांसद र उनीहरूका निजी सचिवलाई भने दशैँ भत्ता वितरण गरियो।

सांसदहरूले दशैँ भत्ता लिएपछि चौतर्फी विरोध भयो र पार्टीहरूले एकमुष्ट रूपमा उक्त भत्ता फिर्ता गर्ने निर्णय सार्वजनिक गरेका थिए। दशैँ अगाडि भत्ता पाएका संघीय संसदका तीन दलमध्ये सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेससँगै संसदका पदाधिकारीले भत्ता फिर्ता गरे पनि संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा)ले भने दशैँ भत्ता फिर्ता गरेको छैन।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले दशैँ भत्ताबापत सांसदले पाएको रकम कोरोना कोषमा राख्ने निर्णय गरेको थियो। कात्तिक पहिलो साता बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले दशैँ भत्ता खारेज गर्न, कोरोना संक्रमितको उपचार गर्न माग राख्दै दशैँ भत्ता खारेज नगरे जसपाका सांसदले दशैँ भत्ता नलिने निर्णय गरेको थियो।

तर, उक्त निर्णय जानकारी पाएको संसद सचिवालयले दशैँ भत्ता फिर्ता गर्नेबारे औपचारिक पत्र माग गर्दा जसपाले जवाफ नदिएको संसद सचिवालयका अधिकारीले जनाएका छन्।

नेकपा र कांग्रेसले भने दशैँ भत्ताबापत सांसदहरूको खातामा आएको रकम खर्च भइसकेकाले कात्तिक महिनाको पारिश्रमिक कोरोना कोषमा राख्न संसद् सचिवालयलाई पत्र पठाएका थिए। दुवै दलको पत्र प्राप्त भएपछि संसद् सचिवालयले दुवै दलका सांसदहरूले प्राप्त गर्ने कात्तिक महिनाको पारिश्रमिक कोरोना कोषमा दाखिला गरिसकेको छ। याे समाचार कान्तिपुरदैनिकमा छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...