News Portal

ठेकेदार सम्पर्कमा नआएपछि अलपत्र सडक र मोटरेबल पुल

हिमालीसंचार संवाददाता
३७० पटक

म्याग्दी – ठेकेदार सम्पर्कमा नआएपछि म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा निर्माणाधिन सडक र मोटरेबल पुल अलपत्र परेको छ। सकिनुपर्ने समयमा आधा पनि भौतिक प्रगति भएको छैन्। गलेश्वरमा अलपत्र परेको मोटरेबल पुल र सडक उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर अन्तरगत बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगतका हुन्।

बेनी नगरपालिका र रघुगंगा गाउँपालिकको सिमानामा पर्ने राहुघाट नदीमा ओपन फाउण्डेशन प्रिस्टेड प्रविधिको पुल बनाउन कालिका–गजुरमुखी र गलेश्वर बसपार्क देखि पुल निर्माण स्थलसम्मका सडक कालोपत्रे गर्न गजुरमुखी निर्माण कम्पनीले ठेक्का लिएको थियो।

पुल र सडक बनाउने ठेक्का लिएको गजुरमुखी निर्माण कम्पनीका प्रतिनिधि सचिन क्षेत्री सामान आपुर्तिकर्ता र मजदुरहरुलाई तिर्नुपर्ने रकम समेत नतिरी सम्पर्कबिहिन भएपछि अलपत्र परेको स्थानीयबासीले गुनासो गरेका छन्।

स्थानीय दिपक कार्कीले सम्बन्धित निकाय र आयोजनाको बेवास्ता तथा ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन नगरेकाले सडक र पुल अलपत्र परेको बताए।

“ठेक्काको म्याद गत असोज महिनामै सकिएको छ,” उनले भने “कामको प्रगति हेर्दा अझै पनि सम्पन्न होला भन्ने आशा छैन्।” ४० मिटर लामो र ११ मिटर चौडाई भएको राहुघाटको मोटरेबल पुल बनाउन रु ६ करोड २४ लाख ३ हजार ८ सय २५ मा २०७४ असारमा भएको ठेक्का सम्झौताको म्याद २०७६ चैत २६ गतेसम्म थियो।

४ करोड ८५ लाख २ हजार ५८ मा १ किलोमिटर १०० मिटर सडक कालोपत्रे गर्न २०७५ असोज २५ गते भएको ठेक्का सम्झौताको म्याद २०७७ असोज २४ गते सकिएको छ। ११ मिटर चौडाईमा कालोपत्रे गर्ने सम्झौता छ। मोटरेबल पुलको दुई तर्फ पिल्लर उठाउने र सडक फराकिलो बनाएर पर्खाल लगाउने काम मात्र सकिएको छ।

पुलको पिल्लरलाई पुर्णता दिएर ढलान गर्न तथा सडकमा नाली, टेवा पर्खाल, ग्राभेल र पिच गर्ने काम बाँकी छ। ठेकेदारलाई फर्काएर अुधरो पुल र सडकलाई पुर्णता दिन ताकेता गरिएको बेनी–जोमसोम कोरला सडक आयोजनाका सब–इञ्जिनियर गजेन्द्र राउतले बताए।

समय हुँदासम्म पर्याप्त मजदुर, उपकरण परिचालन र निर्माण सामग्री जुटाउन नसकेर ढिलासुस्ति गरेको ठेकेदारले कोरोनाको जोखिम, लकडाउन र सामाजिक समस्यालाई बाहना बनाएर काम गर्न आलटाल गरेको छ।

दुवै योजनामा करिब १ वर्षदेखिनै ठेकेदारले काम गरेका छैनन्। मोटरेबल पुल बन्न ढिलाई भएका कारण गत असारको बाढीले राहुघाटमा बेलिब्रिज बगाउँदा ४५ दिनसम्म बेनी–जोमसोम सडक अवरुद्ध भएको थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...