News Portal

रहरले प्रधानमन्त्री भएको हैन : प्रधानमन्त्री ओली (भिडियो सहित)

'५० वर्ष अघिदेखि टुटेफुटेको पार्टी मिलाउँदै यहाँ सम्म ल्याएको छु’

हिमालीसंचार संवाददाता
४०२ पटक

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले प्रधानमन्त्री नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले जनताले छानेर पठाएको प्रधानमन्त्री भएकाले देश विकासमा पछि नहट्ने बताए ।

सङ्खुवासभाको किमाथांका नाका, विओपी र जोगवनी खाँदबारी किमाथांका सडक र ९ सय ४ मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अनुगमन पछि बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले नै पदबाट राजीनामा दिने कुरा नभएको स्पष्ट पारेका छन् ।

ओलीले सरकार र पाटीको नेतृत्व परिवर्तनको कुरा हल्ला मात्रै भएको पनि उनले दाबी गरेका छन् । जनताले आवश्यकता देखेर देशको आवश्यकता बुझेर आफू प्रधानमन्त्री भएको बताए । ५० वर्ष अघिदेखि टुटे फुटेको पार्टी मिलाउँदै अहिले यहाँ सम्म पुगेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले जोगवनी खाँदबारी किमाथांका सडक सुरक्षित भएको बताउदै, यो सडक निर्माण भए चीनसँगको व्यापार झनै बढ्ने बताए । यो सडक खण्ड अब तुरुन्तै निर्माण सकिने र चीनबाट सहज ढङ्गले व्यापार सुरु हुने प्रधानमन्त्रीको धारणा रहेको थियो।

नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण बाटो जोगवनी किमाथांका भएको, ओली सँगै भौतिक योजना मन्त्री वसन्त नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सङ्घीय सांसद राजेन्द्र गौतम लगायत प्रदेश सांसदहरू पनि सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...