News Portal

रहरले प्रधानमन्त्री भएको हैन : प्रधानमन्त्री ओली (भिडियो सहित)

'५० वर्ष अघिदेखि टुटेफुटेको पार्टी मिलाउँदै यहाँ सम्म ल्याएको छु’

हिमालीसंचार संवाददाता
४५८ पटक

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफू रहरले प्रधानमन्त्री नभएको बताएका छन् । प्रधानमन्त्री ओलीले जनताले छानेर पठाएको प्रधानमन्त्री भएकाले देश विकासमा पछि नहट्ने बताए ।

सङ्खुवासभाको किमाथांका नाका, विओपी र जोगवनी खाँदबारी किमाथांका सडक र ९ सय ४ मेगावाटको अरुण तेस्रो आयोजनाको स्थलगत अनुगमन पछि बुधवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अहिले नै पदबाट राजीनामा दिने कुरा नभएको स्पष्ट पारेका छन् ।

ओलीले सरकार र पाटीको नेतृत्व परिवर्तनको कुरा हल्ला मात्रै भएको पनि उनले दाबी गरेका छन् । जनताले आवश्यकता देखेर देशको आवश्यकता बुझेर आफू प्रधानमन्त्री भएको बताए । ५० वर्ष अघिदेखि टुटे फुटेको पार्टी मिलाउँदै अहिले यहाँ सम्म पुगेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले जोगवनी खाँदबारी किमाथांका सडक सुरक्षित भएको बताउदै, यो सडक निर्माण भए चीनसँगको व्यापार झनै बढ्ने बताए । यो सडक खण्ड अब तुरुन्तै निर्माण सकिने र चीनबाट सहज ढङ्गले व्यापार सुरु हुने प्रधानमन्त्रीको धारणा रहेको थियो।

नेपालका लागि अत्यन्तै महत्त्वपूर्ण बाटो जोगवनी किमाथांका भएको, ओली सँगै भौतिक योजना मन्त्री वसन्त नेम्बाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सङ्घीय सांसद राजेन्द्र गौतम लगायत प्रदेश सांसदहरू पनि सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...