News Portal

  • नेकपाभित्रको विवाद संसदीय समितिमा प्रवेश

    हिमालीसंचार संवाददाता
    ३६२ पटक

    काठमाडाैं – सत्तारुढ नेकपा अहिले आन्तरिक विवादमा फसेको छ। नेकपाका सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीका बैठक बस्न सकेका छैनन् भने शीर्ष तहको विवाद साम्य हुने संकेत पनि देखिएका छैनन्।

    पार्टी कमिटी बसेर विवादबारे छलफल हुन नसक्दा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल पक्षबीचको तिक्तता दिनदिनै बढ्दो छ।

    पार्टीभित्र शीर्ष तहबाट साम्य पार्ने प्रयास नहुँदा पार्टीको तल्लो तहमा पनि विवादको प्रभाव पर्दै गइरहेको छ। अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पक्षले विभिन्न प्रदेशमा मदन भण्डारी फाउन्डेशनमार्फत कार्यक्रम चलाइरहेको छ।

    दाहाल-नेपाल पक्षले भने त्यस्ता गतिविधिले पार्टीलाई विभाजन उन्मुख गराएको भन्दै विरोध गरिरहेको छ। पार्टी शीर्ष तह हुँदै कार्यकर्तामाझ फाटो ल्याएको नेकपाको विवाद संसदीय समितिमा पनि प्रवेश गरेको छ।

    सरकारले गरेका निर्णयलाई लिएर प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेकपाका सांसदहरू गुटगत रूपमा विभाजित भएका हुन्। मन्त्रिपरिषद्को असोज ११ गतेको बैठकले देशको औपचारिक नाम ‘संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ लाई परिवर्तन गरेर ‘नेपाल’ मात्रै लेख्ने निर्णय गरेको थियो।

    उक्त विषयमा सामाजिक सञ्जालमा र केही सञ्चारमाध्यममा आलोचना भएपछि राज्य व्यवस्था समितिले सोमबार छलफलको विषय बनाएको थियो। यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    अमेरिकाभरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा युवा बैंकर प्रवेश रिजाल

    न्यूयोर्क। क्रस रिभर बैङ्कका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता (एआई) अधिकृत प्रवेश रिजाललाई अमेरिकाभरिका १००...

    एनआरएनएको पहलमा युएईस्थित दूतावासमा एआई च्याटबट र कल सेन्टर छिट्टै सुरु हुने

    काठमाडौँ। विदेशस्थित नेपाली दूतावासहरूमा फोन नउठ्ने र समयमा आवश्यक जानकारी नपाइने भन्ने गुनासो सुनिएको सन्दर्भमा...

    एनजिओ चलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग जोडिए कसरी ?

    काठमाण्डौ। नेकपा एमालेका ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य पार्टीको ९ औँ जिल्ला अधिवेसनबाट दोस्रो...

    डिजिटल युगमा ढिलाइ गर्न नहुने देउवाको चेतावनी : एआई अबको आवश्यकता हो

    काठमाडौं, साउन ११ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल अब डिजिटल युगको ढोकामा उभिएको...

    कोशीका वनमन्त्री मण्डलको स्पष्टोक्ति : ‘खाँदै नखाएको विषले जिउँदै मार्‍यो’, घुस प्रकरणको खण्डन गर्दै प्रमाण ल्याउन चुनौती

    विराटनगर, साउन ११ – कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले घुस मागेको आरोपलाई...