News Portal

वामदेव सक्किए अब माधब नेपाल पनि सकिन्छन – नेकपा नेता बस्नेत

हिमालीसंचार संवाददाता
४२२ पटक

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिमा जहिलेपनि तेस्रो शक्ति निर्णाय हुने र सक्किएको ईतिहास सुनाएका छन्।

प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले अब कहिले प्रचण्डसँग मिलेर अघि बढ्न खोज्ने वा कहिले केपी ओलीसँग मिलेर जान खोजे नेता नेपालपनि सक्किने टिप्पणी गरेका छन्।

नेकपाभित्रको कुरा गर्दा आजको दिनमा माधव कुमार नेपाल निर्णायक शक्ति हो ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा नेता बस्नेतले भने,‘तेस्रो धार चाहीँ निर्णायक शक्ति हुन्छ, सकिन्छ नेपालको राजनीतिमा।

तपाईले कत्तिको याद गर्नुभएको छ ? कुनैबेला राप्रपा तेस्रो धार थियो, सूर्य बहादुर थापा र लोकेन्द्र बहादुर चन्द पालैपालो प्रधानमन्त्री बन्नुभयो र मनमोहनको सरकार ढाल्नेदेखि लिएर गिरिजाप्रसाद कोइरालाको सरकार ढाल्नेसम्मको कुराले त्यसले क्षति कांग्रेसलाई पनि गर्यो।

देउवा र गिरिजाबीचको विभाजनको तहमा नै पुग्यो। हाम्रो पार्टी पनि फुट्यो। तर, त्यसले के भन्दा राप्रपा भन्ने पार्टी चाही सधैंको लागि सकियो। हाम्रो पार्टीभित्र पनि कुनैबेला सिपी मैनाली तेस्रो शक्ति हुनुहुन्थ्यो, सिपी मैनाली सकिनुभयो।

कुनै बेला वामदेव गौतम तेस्रो शक्ति हुनुहुन्थ्यो, वामदेव गौतमले माले बनाउनुभयो, र वामदेव गौतम पनि लगभग सक्किनुभयो। तेस्रो शक्ति निर्णायक हुन्छ, तर सकिन्छ।

प्रतिकृया दिनुहोस्

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य झगडाले लियो दुःखद मोड : पाटनमा छुरा प्रहारबाट दुई दाजुभाइको मृत्यु

ललितपुर, चैत २६ — पाटनको कृष्ण मन्दिर आसपास भएको छुरा प्रहारको घटनामा घाइते भएका दुई...

सम्पत्तिको विवादको शंका: पोखरामा एकल महिलामाथि घातक आक्रमण, अनुसन्धान तीव्र

पोखरा, चैत २६ — पोखराको सभागृह चोक क्षेत्रमा बुधबार साँझ एक महिलामाथि भएको घातक आक्रमणमा...