News Portal

आन्तरिक राजनीति गम्भीर मोडमा -पुष्पकमल दाहाल प्रचण्ड

हिमालीसंचार संवाददाता
४०९ पटक

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक राजनीति गम्भीर मोडमा पुगेको छ । खासगरी पछिल्लो समय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहमा ध्रुवीकृत नेकपाको राजनीति गम्भीर मोडमा पुगेको महासचिव विष्णु पौडेल स्वयम‍्ले सार्वजनिक रुपमै स्वीकार गरेका छन्

उनले एकीकृत नेकपाको अस्तित्व नै संकटमा परेको भन्दै जोगाउन नेता, कार्यकर्ता र सबै सदस्यहरुलाई अपील समेत गरेका छन् । हत्तपत्त पार्टीको आन्तरिक विषय सामाजिक सञ्जालमार्फत व्यक्त नगर्ने महासचिव पौडेलले आइतबार फेसबुक र ट्वीटरमा पार्टी फुटको संघारमा पुगेको आशयसहितको गम्भीर चिन्ता व्यक्त गरेपछि नेकपाभित्र केही न केही खिचडी पाकिरहेको छ भन्ने पुष्टि गरेको छ ।

‘पार्टी महासचिवबाटै यो खालको स्ट्याटस् आउनु भनेको पार्टी गम्भीर मोडमा पुगेको छ भन्ने बुझिन्छ’, एक स्थायी समिति सदस्य भन्छन्, ‘यो पार्टीमा दुई अध्यक्ष मात्रै छैनन् । सचिवालयका अरु सदस्य के गर्दैछन् । के सचिवालयका अरु सदस्यहरु मुकदर्शक भएर बस्न मिल्छ ? स्थायी समितिका सदस्यहरु र केन्द्रीय समिति सदस्यहरुले के हेर्दैछन् ? के उनीहरुको भूमिका छैन, हुनुपर्दैन ?’ उनले आफ्नो नाम उदृत नगर्न आग्रह गर्दै भने, ‘अन्य पार्टी कमिटीहरु जिउँदो लाश बन्न मिल्दैन ।’

खुमलटारको निषकर्ष पार्टी फुट्न नदिने 

यसैबीच पार्टीभित्र चर्को अन्तरविरोध बढेपछि ओली र प्रचण्ड समूहले भावी रणनीतिका बारेमा बालुवाटार र खुमलटारमा आफू निकटका नेताहरुसँग छुट्टाछुट्टै छलफल  गरेका छन् । आइतबार साँझ प्रचण्ड निवास खुमलटारमा भएको छलफलमा प्रचण्डसहित ६ जना सचिवालय सदस्यहरु सहभागी थिए ।

 

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...